Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

बागलुङमा गठबन्धनका सात अठोट, एमाले-राप्रपा गठबन्धनसँग प्रतिस्पर्धा

खबरडबली संवाददाता

बागलुङ । लोकप्रिय कार्यक्रम समेटेर सत्ता साझेदार दलको संयुक्त गठबन्धनले आज बागलुङ नगरपालिकाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । 

मतदानको दिन आउन १० दिन बाँकी रहँदा गठबन्धन दल र तिनका उम्मेदवारले आफूहरुले चुनाव जितेमा मतदातासामु गरिएका प्रतिबद्धता लागू गरेरै छाड्ने साझा अठोट लिएका छन् । गठबन्धनका मुख्य सङ्कल्पलाई आठ बुँदामा समेटिएको प्रतिबद्धतापत्र मस्यौदा समितिका संयोजक डिल्लीराम सुवेदीले बताउनुभयो । जसमध्ये ‘भ्रष्टचारमुक्त नगर, सुशासन र सदाचार’ सुरुमै उल्लेख छ । 

सहभागितामूलक विकासमार्फत सुन्दर, समुन्नत नगर बनाउने, जनप्रतिनिधि जनताका सेवकका रूपमा खट्ने र प्रशासनिक सेवालाई जनमुखी बनाइने प्रतिबद्धता गरिएको छ ।

‘हाम्रो साथ कोखदेखि शोकसम्मको यात्रामा–शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा’ आदर्श वाक्यसहित शिक्षा तथा नवप्रवद्र्धन, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद क्षेत्रका प्राथमिकताहरु सार्वजनिक गरिएको छ । आर्थिक रूपान्तरणको आधार तयार गर्न दिगो पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । जसमा सडक, यातायात, आवास, भवन, बस्ती तथा सहरी विकास, फोहोर मैला व्यवस्थापन र ढल निकास योजना छन् । 

यस्तै दूध, अण्डा, मासु र तरकारीमा नगरलाई आत्मनिर्भर बनाउन साझेदारी र सहकारी प्रणाली अपनाउने प्रतिबद्धता गठबन्धनको छ । सात अठोटको अन्तिम बुँदामा ‘स्वावलम्बी महिला, सिर्जनशील युवा, सबल नगरवासी’ मा जोड दिइएको छ । 

आर्थिक विकासतर्फ कृषि र पशुपालनलाई मुख्य आधारका रूपमा अघि सारिएको छ । ‘कृषिलाई उद्योग र कृषकलाई उद्यमी’ का रूपमा रूपान्तरण गर्न कृषि तथा पशुपन्छीपालनको व्यावसायीकरणमा जोड दिइएको छ । जसका लागि किसानलाई अनुदान, प्राविधिक सहयोग, सहुलियत कर्जा र परामर्श सेवाको व्यवस्था गरिने उल्लेख छ । 

कृषिका पकेट क्षेत्र निर्धारण गर्ने, शीत भण्डार, सङ्कलन तथा प्रशोधन केन्द्र निर्माण गर्ने रैथाने बालीको संरक्षण, बाँदर प्रभावित क्षेत्रमा बाँदर प्रतिकूल हुने टिमुर, ओखर, कागती, अदुवा, बेसार, केरा आदिको खेतीको प्रवद्र्धन गरिने जनाइएको छ । 

कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणलाई पनि उत्तिकै जोड दिइएको छ । श्रम बैंकको स्थापना गरी बेरोजगार युवालाई रोजगार उपलब्ध गराउने, आधुनिक सडक, मिस्त्री, सिकर्मी तथा डकर्मी सीप विकासका लागि तालिम दिने, स्थानीय उत्पादनमा आधारित उद्योग स्थापना गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । 

सार्वजनिक शिक्षा सुधारका लागि विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गरिने उल्लेख छ । जसका लागि आविष्कार, खोज र नवप्रवद्र्धनलाई प्रोत्साहन गर्न डिजिटल पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापनामा जोड दिइएको छ । 

आउँदो पाँच वर्षभित्रमा नगरका सामुदायिक विद्यालयका विद्यार्थीका लागि छुट्टाछुट्टै बेन्चको व्यवस्था गर्ने, बौद्धिक बहसको संस्कार विकास गर्न लोकतान्त्रिक साहित्य महोत्सव आदि सञ्चालन गर्ने जनाइएको छ । 

धवलागिरि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पता)का रूपमा स्तरोन्नति गर्ने र हरि खड्का ट्रमा सेन्टर सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । नगरभित्र ‘विद्यालय नर्स कार्यक्रम’ सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, महिला स्वस्थ्य स्वयंसेविका, अपाङ्गता भएका व्यक्ति, अति विपन्न दलित, एकल महिला÷पुरुष लगायतलाई निःशुल्क स्वास्थ्य बीमा गरिने जनाइएको छ । 

अशक्त तथ ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षणको व्यवस्था तथा अस्पतालसम्म निःशुल्क यातायात सेवा प्रदानको प्रतिबद्धता गरिएको छ । गर्भवतीलाई पोषण र सुत्केरीलाई सहायता भत्तास्वरूप रु पाँच हजार उपलब्ध गराइने जनाइएको छ । नगरका १४ वटै वडालाई पूर्ण सरसफाइयुक्त बनाउने र ‘एक घर, एक धारा’ कार्यक्रमलाई सबै टोलबस्तीसम्म पु¥याउने गठबन्धनको प्रतिबद्धतापत्रमा समावेश छ । 

पूर्वाधारतर्फ बागलुङ बजारको मुख्य समस्याका रूपमा रहेको ढल निकासलाई एक वर्ष भित्रैमा व्यवस्थित गर्ने, सबै वडा कार्यालयसम्म पक्की सडक पु¥याउने, सडक बत्तीको व्यवस्थापन तथा तारलाई भूमिगत गर्न पहल लिने उल्लेख छ ।  

पार्किङ व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, वैकल्पिक ऊर्जा, सञ्चार, प्रविधि, जलाधार तथा भू–संरक्षण, जैविक विविधताको संरक्षण, विपद् व्यवस्थापनलगायत स्थानीय तहलाई तोकिएका कार्यक्षेत्रभित्रका विविध विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

प्रतिबद्धतापत्रको कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन वार्षिक लेखाजोखा र सामाजिक परीक्षण गरिनेसमेत उल्लेख छ । प्रतिबद्धतापत्र सार्वजनिकपछि बोल्दै प्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले विषय विज्ञको राय, परामर्शमा प्रतिबद्धता तयार गरिएको र लागू गर्न सकिने कार्यक्रमलाई मात्र समावेश गरिएको बताएका थिए।

जनताको दैनिकीसँग जोडिएका विषयदेखि नगरको दीर्घकालीन विकासको खाका प्रतिबद्धतापत्रमा समेटिएकाले चुनावमा गठबन्धनलाई विश्वास गरेर मतदाताले मत दिने गठबन्धनका नेताहरुको भनाइ छ । पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखमा नेपाली कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खड्का चुनावी मैदानमा छन्। वडा तहमा भने पाँचै दलका उम्मेदवार चुनावमा होमिएका छन् ।

बागलुङ नगरपालिकामा सत्तारूढ गठबन्धन र नेकपा एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले जनकराज पौडेललाई प्रमुख र राप्रपाले सञ्जय खड्कालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । पौडेल निवर्तमान नगरप्रमुख छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending