Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा

खबरडबली संवाददाता

काठमाडौं । अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन । 

उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ । स्थानीय निर्वाचनमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ ।

यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्नसक्ने अवस्था छैन । बागलुङमा १९ राजनीतिक दल र स्वतन्त्रका ११ चुनाव चिह्न छन् । राजनीतिक दलले मतदाता शिक्षामा जोड दिन आवश्यक छ । उम्मेदवाहरुबीच भेला गर्ने कार्यमा मात्र प्रतिस्पर्धा चलेको छ । 

बागलुङमा पाँच दलीय गठबन्धन र एमाले–राप्रापको तालमेल छ । गठबन्धन गरेका पाँच दलले मुख्य पदमा आफ्नै चुनाव चिह्न प्रयोग गरेका कारण मतदाताले मत चिह्न तलमाथि प्रयोग गर्नुपर्ने अवस्था छ भने एमाले र राप्रपाको तालमेलका कारण पनि दुई फरक–फरक चिह्नमा मतदान गर्नुपर्ने अवस्था छ । 

निर्वाचन आयोगले दिएको नमूना मतपत्रअनुसार राजनीतिक दलहरुले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदातालाई दिँदै आएका छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए। 

“समय छोटो भएर होला, यस विषयमा निर्वाचन आयोगले केही भनेको छैन । बजेट पनि पठाएको छैन”, उनले भने, “हामी मतपत्र र अन्य मतदानका लागि आवश्यक सामग्री मिलाएर मतदान केन्द्रमा पठाउने तयारीमा छौँ ।”

यसपटकको निर्वाचनमा कार्यकर्तालाई मतदाता शिक्षाका लागि घरघरमा पठाउने तयारीका साथ गठबन्धनको तर्फबाट नमूना मतपत्र छपाइरहेको नेपाली कांग्रेसका जिल्ला सभापति जित शेरचनले बताए ।

“मतदाता शिक्षा दिन नसके धेरै मत बदर हुने अवस्था छ, त्यसलाई मध्यनजर गर्दै मतदाता शिक्षाका लागि कार्यकर्तालाई खटाइएको छ, निर्वाचनको समयसम्म सबै मतदाताको घरमा मतदाता शिक्षा पु¥याउने हाम्रो तयारी हो”, शेरचनले भने, “गठबन्धनका कारण धेरै चुनाव चिह्नमा मत माग्नुपर्ने हाम्रो बाध्यता हो, जनतालाई बुझाउन आवश्यक छ, वडासदस्यको त जुन पार्टीको वडाध्यक्ष हो त्यही चुनाव चिह्नको व्यवस्था छ, तर पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको लागि फरक चिह्न छ, मतदाताले निकै ध्यानपूर्वक मतदान गर्न आवश्यक छ ।”

यस्तै नेकपा एमालेले जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षाका लागि कार्यकर्ता खटाएको छ । एमालेले बागलुङ नगरपालिकाबाहेक अन्य नौ पालिकामा एकल उम्मेदवारी दिएको छ । 

बागलुङ नगरपालिकामा एमाले र राप्रपाको तालमेल छ । उपप्रमुखबाहेक अन्य पदमा एमालेको आफ्नै चिह्न रहेको र अन्य नौ पालिकाका सबै उम्मेदवारको एउटै चिह्न रहेकाले त्यति समस्या नहुने पार्टीका प्रचार विभाग प्रमुख गणेश पौडेल बताउँछन्। 

“मतदाता शिक्षाका लागि हामीले नमूना मतपत्र छापेर स्वस्तिक चिह्नसहित गाउँमा कार्यकर्तालाई पठाएका छौँ”, उनले भने। जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रको मतदाता सङ्ख्याको आधारमा मतपत्रसहित अन्य सामग्री पठाउने तयारी गरिरहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending