तनहुँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। साथै बैठकले वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म राति ९ः३० बजेसम्म मात्र९८८र होटल तथा रेष्टुराँ सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनको प्रचारप्रसारको क्रममा उनीहरुले गर्ने सभा तथा ¥यालीलगायतका कार्यक्रमको बारेमा स्थानीय प्रशासनलाई जानकारी गराएर तथा त्यस्ता कार्यक्रम गर्दा एउटै बाटो र स्थान प्रयोग नगर्ने निर्णय भएको छ ।
प्रतिनिधिले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । निर्वाचन विरोधी क्रियाकलाप भइरहेको भेटिए यसको जानकारी प्रहरीलाई दिने निर्णय भएको छ ।
स्थानीय एफएम, रेडियो र पत्रपत्रिकाले निर्वाचन आचारसंहिताको पालना गरी सूचना सम्प्रेषण गर्ने तथा निर्वाचन विरोधी सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण नगर्ने बैठकमा निर्णय भएको छ । सामाजिक सञ्जालमार्फत कोही कसैप्रति लक्षित गरी गालीगलौज तथा भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह नगर्ने तथा नगराउने सहमति भएको प्रशासनले जनाएको छ ।
निर्वाचन अवधिभर जिल्लाका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सलगायतका सङ्घ संस्थाले आवश्यक व्यवस्था मिलाउने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: