Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

बैद्य समुह छाडेर ज्ञवाली र बजगाईसहित दर्जनौं नेता माओवादीमा प्रवेश

खबरडबली संवाददाता

काठमाडौं । माओवादी जनयुद्धमा सहभागि स्थापित नेताहरु मोहन बैद्य र नेत्र विक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बैद्य माओवादीको केन्द्रीय स्तरमा रहेका वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा स्वागत गरिएको थियो ।

सो अवसरमा पार्टी परित्याग गरी माओवादी केन्द्मा प्रवेश गर्ने नेता तथा साहित्कार ज्ञवालीले नेपालमा माओवादी पार्टी, आन्दोलन र क्रान्तिको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव देखेकाले आफूहरुले पार्टी प्रवेश गरेको बताएका थिए । 

उनले आफू पुरानै घर फर्कन पाउँदा हर्ष समेत व्यक्त गरेका थिए । काठमाडौंका स्थायी बासिन्दा ज्ञवाली विश्वविद्यालयको प्राध्यापन छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए । 

उनले थुप्रै साहित्यहरु रचना गनूृका साथै अनुवाद र समालोचना समेत गरेका छन् । उनले माओवादी जनयुद्धकालमा सञ्चालित रेडियो जनगणतन्त्र नेपालमा समेत नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

त्यसै गरी मजदूर नेता बद्री बजगाई माओवादी मजदूर आन्दोलनका शसक्त नेतृत्व गर्नेमध्ये एक थिए । उनी पनि माओवादी भित्र बैचारिक र बौद्धीक नेताको रुपमा स्थापित थिए  । उनी पनि काठमाडौंका स्थायी बासिन्दा हुन् । 

उनीहरुसँगै विप्लव माओवादी र बैद्य माओवादीका दर्जन बढि नेताहरु प्रवेश गरेका थिए । कार्यक्रममा माओवादी नेता हितमान शाक्यलगायतको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending