Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

देउवाको गृहजिल्लामा सातमध्ये पाँच पालिकामा कांग्रेस, एमाले शून्यमा झरेपछि ओलीलाई झड्का

खबरडबली संवाददाता

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको जिल्लाका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ। यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। 

अघिल्लो निर्वाचनमा यहाँ नेकपा एमालेले २ र माओवादीले एक स्थानीय तह जितेका थिए। यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ। 

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित भएका छन्। यो नगरपालिकाका वडामा पनि कांग्रेसको सहज जित भएको छ। 

कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ। यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र आएको छ। उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वसन्ती पाल विजयी भएकी छिन्। 

जिल्लाका ५२ मध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, बीपी कांग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो। अघिल्लो चुनावमा एमालेले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो। अघिल्लो चुनावमा कांग्रेस चार पालिकामा मात्र विजयी भएको थियो। 

अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ। अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ। 

त्यसैगरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित तीन वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुखसहित पाँच वडा जितेको छ। 

गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ। यो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरको पालिका हो। 

अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित दुई वडा मात्रै जितेको कांग्रेसले अहिले अध्यक्ष उपाध्यक्षसहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा नेकपा एकीकृत समाजवादीले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ।

भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिकासहित चार वडामा जित हासिल गरेको छ। त्यसैगरी यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै कांग्रेसले जित हासिल गरेको छ। अर्को एकमा स्वतन्त्र उम्मेदवार आएका छन्।

डडेल्धुरा कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहराले डडेल्धुराका जनताले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको विश्वास यस पटकको स्थानीय तहको निर्वाचनमा प्रकट गरेको बताए। 

‘डडेल्धुरमा गठबन्धन थिएन बरु समझदारीमा सबै दलले आ-आफ्नो तवरबाट निर्वाचनमा उठेका थियौँ’, उनले भने,  ‘देशको विकास गर्ने र मुलुक आर्थिक तथा राजनीतिक संकटमा परेका बेला निकास दिनसक्ने पार्टी नेपाली कांग्रेस र नेता शेरबहादुर देउवा नै हुन् भन्ने विश्वासका साथ यहाँका जनताले स्थानीय तहमा मत दिएका हुन्।’   

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीम साउदले यसअघिका अरु दलका जनप्रतिनिधिले कुरामात्र गरेका तर विकासका काम नगरेका कारण यसपालि यहाँका नागरिकले कांग्रेसलाई छानेको बताए। 

कांग्रेस डडेल्धुराकी महासमिति सदस्य सरस्वती खड्का नेतृ डा आरजु राणा देउवाले सुदूरपश्चिमका महिला र त्यसमा पनि डडेल्धुराका महिलामा गरेको लगानीको परिणाम भएको बताउँछिन्।  

‘डा देउवा यहाँका महिलाका घरेलु हिंसा तथा उनीहरुमा परेका अनेक समस्या बुझ्ने र तिनको समाधान गरी महिला सशक्तीकरणमा हरबखत आफैँ लाग्नु हुन्छ’, उनले भनिन्, ‘पछिल्लो समय उहाँ सुदूरपश्चिममा नै खट्नुभयो र डडेल्धुराका चुनावी सभालाई पनि सम्बोधन गर्नुभयो। यसका कारण पनि यहाँ हामीले राम्रो परिणाम हात पार्न सकेका हौँ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending