काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन्। नगर उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य विजयी भइन््।
प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाए भने भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाए । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भइन्। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए ।
महानगरका २९ वडामध्ये कांग्रेस र एमाले ११–११ वडामा विजयी भएका छन् । नेकपा माओवादी केन्द्र तीन, नेकपा एकीकृत समाजवादी दुई र स्वतन्त्र उम्मेदवार दुई वडाध्यक्षमा विजयी भएका छन् ।
कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादुर महर्जन, ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रविन व्यञ्जनकार, ११ मा अरोजकुमार खड्गी, १४ मा अमृतजङ्ग महत, १६ मा निर्मलरत्न शाक्य, २० मा चन्द्र महर्जन र वडा नं २८ मा गणेशकुमार महर्जन विजयी भए ।
एमालेबाट वडा नं ५ मा विकासमान श्रेष्ठ, १२ मा नारायणलाल अवाले, १५ मा सुरेश शाही, १७ मा विनोद महर्जन, १८ मा दामोदर खड्का, १९ मा राजेन्द्र महर्जन, २२ मा सागर तुलाधर, २३ मा जीवन महर्जन, २४ मा दिनेशजङ्ग पाण्डे, २५ मा दौलतकुमार खत्री र २९ मा गणेशकुमार महर्जन विजयी भए ।
यस्तै माओवादी केन्द्रबाट वडा नं २१ मा रवीन्द्र महर्जन, २६ मा सुरेश महर्जन र २७ मा कृष्णहरि महर्जन विजयी भए। एकीकृत समाजवादीबाट वडा नं २ मा राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भए ।
वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं १३ मा गणेश केसी विजयी भएका छन् । गणना सुरु भएको ११ दिनपछि अन्तिम नतिजा सार्वजनिक भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: