काठमाडौं । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं।) यो भनाइ बालेन्द्र साहको पुख्र्यौली घरमा काम गर्ने महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ घर भएकी बिनिता देवीको हो।
देशको सङ्घीय राजधानी काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित भइसकेको खबर सुनेर खुसीले गदगद भएकी विनिताले वालेनलाई ३/४ वर्षकै उमेरदेखि देखेकी थिइन्। तर, अहिले फेरि वालेनलाई भेट्ने मन भएको उनको भनाइ छ।
वालेनको बाल्यकाल सम्झँदै उनले भनिन्, ‘‘बच्चे मे देखिने रहियै आव त वडाका भगेल होतै आब फेर एक वेर हुनका अपने गाउँठाउँमे देखके भेटके मन होइय (बाल्यकालमै देखका थियौं अब त उहाँ ठूलो भइसक्नु भयो होला। अब फेरि एक पटक उहाँलाई आफ्नै गाउँ ठाउँमा हेर्ने इच्छा छ।)’’
काठमाडौं जितेर गाउँ आएपछि सबै मिलेर खुशी साट्नुपर्ने उनको भनाइ छ। विनिताले थपिन्, ‘‘बालेन हजुर जितेर एक पटक गाउँ आउनुहोस्, हामी सारा गाउँवासीलाई हजुरसँग मिलेर जितको खुसी साटासाट गर्नुछ।’’
बालेनकै एकडारा-२ स्थित घर छेवमा रहेको आँप बगैंचामा घाँस काट्न बसेकी अवस्था भेटिएकी सोही ठाउँकी सकिना खातुनले वालेन जित्ने खबरले असाध्यै खुशी लागेको बताइन्।
काठमाडौं महानगरपालिकको प्रमुख पदमा वालेन जित्ने निश्चित भएको खुशियाली उनको अनुहारबाटै झल्की रहेको थियो।
हँसिलो अनुहार बनाउँदै सकिनाले भनिन्, ‘‘एकडारा गाउँवासीका लागि यो भन्दा ठूलो खुसी केही हुन सक्दैन, हिजोसम्म हाम्रो गाउँ एकडारालाई बढीमा प्रदेशसम्म चिन्थे होला, अब त आफ्नो वालेनका कारण देश विदेशमा गाउँको पहिचान उजागर भएको छ।’’ गोरखापत्र दैनिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: