Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बालेनलाई बधाई छ अब एमालेलाई पहिलो पार्टी बनाउनुपर्छ : करिश्मा मानन्धर

'नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष'

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगर प्रमुखमा विजयी घोषणा हुने तयारीमा रहेका बालेन साहलाई बधाई दिएकी छिन्। 

‘जनताको मत त्यता आकर्षित हुन्छ जहाँ जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन्। काठमाडौं माहानगरवासी जनताको रोजाइ, हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ।’ उनले लेखेकी छिन्।

उनले एमालेबाट उपमेयरमा निर्वाचित हुन लागेकी सुनिता डंगोललाई पनि बधाई दिएकी छिन्। 

आफू पार्टीमा नयाँ सदस्य भएका कारण आन्तरिक कुरा कम थाहा हुन सक्ने भन्दै उनले चुनावी परिणामको गम्भीर समीक्षा गर्नुपर्ने  पनि बताएकी छिन्। 

‘पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठेरोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निःस्वार्थ समीक्षा गर्नुपर्छ होला र त्यसलाई सच्याएर अगाडि जानुपर्छ' उनले लेखेकी छिन्, ‘किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुँदाहुँदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तर्घातका कारण यथोचित सफलता हाँसिल गर्न सकिएन।’

उनले धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रहेको भन्दै कतै उम्मेदवार छनोट पो गलत भयो कि१ भन्ने आशंका पनि गरेकी छिन्। 

'समय परिवर्तनशील छ, हिजो जे थियो आज छैन, आज जे छ भोलि हुँदैन' उनले लेखेकी छिन्, 'त्यसैले हिजोको एमालेलाई आज र भोलि उस्तै सदाबहार बनाउन हामीले आफूलाई परिवर्तन गर्नुपर्छ। आउँदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्‍याउनु पर्छ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending