काठमाडौं । पूर्वी युक्रेनको एउटा मुख्य तथा रणनीतिक शहर सेभेरोडोनेट्स्कका प्रमुखले आफ्नो लडाईँको अग्रमोर्चा शहरको आधा भागमा खुम्चिएको जनाएका छन्।
तर ती शहरका प्रमुखले युक्रेनले अझै अवस्थालाई डटेर सामना गरिरहेको र त्यहाँ आफ्नो प्रतिरक्षा गरिरहेको बताए।
त्यस क्षेत्रका गभर्नरले रूसीहरू शहरमा प्रवेश गरेपछिको अवस्था 'गम्भीर' बनेको बताएका छन्।
लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले पूरै क्षेत्र निरन्तरको बमबारीमाझ रहेको जनाएका छन्।
जसका कारण सेभेरोडोनेट्स्कबाट सर्वसाधारणहरूलाई बाहिर निकाल्ने काम समेत अवरूद्ध बनेको छ।
यसअघि गभर्नर हाइडाईले शहरका १५ हजारजति सर्वसाधारणहरू चेपुवामा परेको बीबीसीलाई बताएका थिए।
मस्कोले अहिले लुहान्स्क क्षेत्रको सबैजसो क्षेत्रमा कब्जा जमाएको छ।
त्यस क्षेत्रलाई उसले फेब्रुअरीमा हमला सुरु गर्नुअघि स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको थियो।
यसैबिच युरोपेली सङ्घ ईयूले रुसविरूद्ध लगाएको पछिल्लो चरणको आर्थिक प्रतिबन्धको बचाउ गरेको छ।
ईयूले यो वर्षको अन्त्यसम्ममा लगभग ९० प्रतिशत रुसी तेल आयात कटौती गर्न सहमति गरेको छ।
तर युक्रेनको राष्ट्रपति कार्यालयका सहायक प्रमुखले यस्तो प्रतिबन्ध निकै ढिलो गरि आएको बताएका छन्।
युक्रेनी राष्ट्रपतिका एकजना मुख्य सल्लाहकारले किएभलाई लामो दुरीका क्षेप्यास्त्र नपठाउने राष्ट्रपति बाइडनको निर्णयको जवाफ दिएका छन्।
रुसी हस्तक्षेपलाई पछाडि धकेल्न युक्रेनी सेनालाई ७० किलोमिटरजति दुरीमा प्रहार गर्नसक्ने क्षेप्यास्त्र पर्याप्त हुने ती सल्लाहकारले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: