Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

अमेरिकाले युक्रेनलाई लामो दुरीको हतियार दिएपछि रुसले थाल्यो परमाणु अभ्यास

खबरडबली संवाददाता

युक्रेनलाई थप परिष्कृत रकेट प्रणालीहरू दिने अमेरिकाको निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको सरह भन्ने आरोप लगाएको छ।

अमेरिकाले दिन लागेका ती अस्त्रहरू मस्कोसँग भएका भन्दा अत्याधुनिक हुन्।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोफले ती अस्त्रहरू रुसभित्र लक्षित नगरिने भन्ने किएभको बाचालाई अस्वीकार गरेका छन्।

तर उनले त्यस्तो हकमा मस्कोले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा चाहिँ खुलाएनन्।

लामो समयदेखि युक्रेनले माग गरिरहेको ती अस्त्रमार्फत् परैबाट शत्रु पक्षलाई स्पष्ट लक्ष्य तय गरेर प्रहार गर्न सकिन्छ।

नयाँ रकेट प्रणाली युक्रेनलाई हाल दिइएका अस्त्रभन्दा निकै लामो दुरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन्।

अहिलेसम्म अमेरिकाले त्यस्ता अस्त्रहरू रुसभित्रका निशानामा प्रहार गर्न प्रयोग हुनसक्ने भयले युक्रेनलाई दिन अस्वीकार गर्दै आएको थियो।

क्रेम्लिन प्रवक्ता पेश्कोफले युक्रेनलाई हतियार दिएर ुअमेरिकाले प्रत्यक्ष र नियतवश आगोमा घ्यू खन्याएकोु आरोप लगाए।

बाइडनले उक्त अस्त्र प्रणाली उपलब्ध गराउने पुष्टि गरेपछि रुसले परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास थालेको घोषणा गरेको छ।

तर बुधवार बाइडनले घातक सहायताले युक्रेनलाई रुससँग वार्तामा अडान राख्ने क्षमता बढाउने र कूटनीतिक समाधान सम्भव बनाउने बताएका छन्।

छुट्टै विकासक्रमबीच जर्मन सरकारले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली पठाउने बाचा गरेको छ।

चान्सलर ओलाफ सोल्जले सांसदहरूलाई आईआरआईएस(टी भनिने उक्त आधुनिक प्रणालीले युक्रेनको एउटा पूरै शहरलाई रूसी हवाई हमलाबाट प्रतिरक्षा गर्न सक्षम बनाउने बताए।

यसैबीच पूर्वी युक्रेनको एउटा मुख्य तथा रणनीतिक शहर सेभेरोडोनेट्स्कका एक अधिकारीले आफूहरूको नियन्त्रणमा अब शहरको २० प्रतिशतजति भूभाग मात्र रहेको बताएका छन्।

रुसले पूर्वी युक्रेनमा लडाईँ केन्द्रीत गरिरहँदा राष्ट्रपति जेलेन्स्कीले देशका अन्य युद्धमैदानमा युक्रेन प्रतिरक्षा गर्दै अगाडि बढिरहेको बताए।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies