काठमाडौं । चीनले ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने प्रयत्नविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने चेतावनी संयुक्त राज्य अमेरिकालाई दिएको छ।
चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एशियाली सुरक्षा सम्मेलनको अवसर पारेर सिङ्गापुरमा भेटेका थिए।
सो अवसरमा कुराकानी गर्दै ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेले व्यक्त गरे।
पछि अस्टिनले चिनियाँ सैनिक गतिविधिलाई "उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने" कदमको सङ्ज्ञा दिए।
उक्त प्रायःद्वीपमाथि दिनहुँजसो ठूलो सङ्ख्यामा चिनियाँ वायुयानहरू उडिरहेका र त्यसले "उक्त क्षेत्रमा शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको" उनको भनाइ थियो।
के भने अमेरिकी मन्त्रीले?
चीनले स्वशासित ताइवानलाई आफ्नो भूमिको अभिन्न अङ्ग मान्ने गर्छ।
उक्त अवधारणाकै कारण रक्षामन्त्री वेले ताइवानलाई हतियार विक्री गर्ने अमेरिकी कदमको निन्दा गरेका थिए।
उनलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन्, "यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष कुनै पनि मूल्यमा लड्नु र 'स्वतन्त्र' हुने ताइवानको प्रयासलाई दमन गर्नु र देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुको अरू विकल्प हुँदैन।"
रक्षामन्त्री अस्टिनले बेइजिङलाई चीनको सम्पूर्ण सरकारको मान्यता दिने र ताइवानी स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिको नीतिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए।
उनले बल प्रयोग गरेर तनाव हल गर्न खोज्नु नहुनेमा जोड दिएका थिए।
अमेरिकी र चिनियाँ रक्षामन्त्रीहरूको यो भेटवार्ता झन्डै एक घण्टा चलेको थियो।
दुवै पक्षले हार्दिकतापूर्ण छलफल भएको बताएका छन्।
अस्टिनले कुनै पनि असमझदारी उत्पन्न हुन नदिन चीनको सेनासँग पूर्ण रूपमा सञ्चारको संयन्त्र खुला राख्नुपर्नेमा जोड दिएका थिए।
मेको अन्त्यमा ताइवानले आफ्नो हवाई सुरक्षा क्षेत्रमा चीनले पठाएका ३० वटा लडाकु विमानलाई चेतावनी दिन आफूले पनि युद्धक विमानहरू परिचालन गरेको बताएका थियो।
त्यो चिनियाँ सेनाले ज्यानुअरी यता गरेको सबैभन्दा ठूलो अतिक्रमण थियो।
उक्त घटनामा २२ वटा ताइवानी लडाकु विमान र विद्युतीय युद्धप्रणाली र पूर्वचेतावनी प्रणाली तथा पनडुब्बीमा मार हान्न सक्ने विमान खटाइएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।
चीन र ताइवान: आधारभूत तथ्य
सन् १९४० को गृहयुद्धको समयमा चीन र ताइवान विभाजित भएका थिए। तर बेइजिङले कुनै एउटा निश्चित बिन्दुमा उक्त टापुलाई आवश्यक परे बल प्रयोग गरेर आफूले आफ्नो बनाउने बताउँदै आएको छ।
ताइवानको आफ्नै संविधान छ र त्यहाँ लोकतान्त्रिक रूपमा निर्वाचित नेताहरू छन्। ताइवानी सुरक्षा बलमा तीन लाख सक्रिय सुरक्षाकर्मी छन्।
एकदमै थोरै देशहरूले मात्रै ताइवानलाई मान्यता दिएका छन्। अधिकांशले बेइजिङमा रहेको चिनियाँ सरकारलाई मान्यता दिएका छन्। संयुक्त राज्य अमेरिकाको ताइवानसँग औपचारिक सम्बन्ध छैन। तर अमेरिकाले ताइवानलाई आफ्नो प्रतिरक्षा गर्न स्रोत उपलब्ध गराउनेगरी एउटा कानुन पारित गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: