काठमाडौं । स्थानीय तहको निर्वाचनमा मधेश केन्द्रित दलहरुले सोचेजस्तो परिणाम ल्याउन नसकेपछि फेरि एकताको बहस थालिएको छ। पाँच दलीय गठबन्धनबाट जाँदा पनि असफल भएपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले फेरि पार्टी एकताको कार्ड अघि सारेका हुन्।
पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेपछि उनले लोकतान्त्रिक समाजवादी पार्टीसँग एकताका लागि आफू तयार रहेको तर्क गर्छन्।
उनले लोसपासँग एकताको वातावरण बन्दै गएको दाबी गरे। 'वातावरण बन्दै गएको छ। एउटा हातले ताली बज्दैन दुवै हात चाहिन्छ, हाम्रो तर्फबाट वातावरण बन्नका लागि ढोका खुलै राखेका छौँ,' उनले भने,
'समयको आवश्यकता हो। जनताको माग हो। अहिलेको अवस्था फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने हाम्रो आफ्नो बुझाई छ।'
जसपाले गठबन्धनबाट बाहिरिने मनसायमा बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपासँग संवाद थालेका छन्। देउवालाई विश्वासको मत दिएको लोसपाले अहिले सरकारसँग निरन्तर संवादमा छ। गत साता मात्रै प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए।
जसपा बाहिरिए लोसपालाई गठबन्धनमा लिने प्रधानमन्त्री शेरबहादुर देउवाको कसरत देखेपछि यादवले यो कार्ड अघि सारेको बुझाई लोसपाका नेता राजेन्द्र महतोको छ।
उनी भन्छन्, 'उपेन्द्रजीले पहिला पनि पार्टीमा अल्पमतमा परेपछि एकताको कुरा गर्नुभयो‚ अहिले पनि त्यही गर्नुभएको हो। उहाँ कहिल्यै मधेसी समुदायको हित र अधिकारका लागि लाग्नुभएन।'
जसपामा उपेन्द्र र बाबुराम भट्टराईबीचको दुरी बढेपछि एकताको आलापमा लागेको महतोको आरोप छ। पछिल्लो समय मधेश केन्द्रित दल जता सत्ता उतै ठिक्क हुने गरेको राजनीति वृत्तमा चर्चा समेत चल्ने गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...




प्रतिकृया लेख्नुहोस्: