Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

बन्दुक नियन्त्रण केही कडा पार्नेतर्फ अमेरिकी सिनेटरहरू सहमत

आक्रमणबाट मारिएकाहरूको सम्झनामा महिला
खबरडबली संवाददाता

काठमाडौं । लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ।

त्यसमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ।

प्रस्तावलाई १० जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन्। त्यसको अर्थ उक्त नयाँ कानुनको पक्षमा मतदान गर्नेको सङ्ख्या पुग्न सक्छ।

राष्ट्रपति जो बाइडनले आफ्नो योजना "सही दिशामा अघि बढेको" तर आफूहरूले आह्वान गरेभन्दा धेरै कम समर्थन पाएको बताएका छन्।

बन्दुकसम्बन्धी कानुनलाई कडा पार्ने अघिल्ला प्रयासहरूले कङ्ग्रेसमा आवश्यक समर्थन प्राप्त गर्न असफल भएका थिए।

बन्दुक विक्रीमा कडाइको माग

हालैका दुईवटा सामूहिक गोलीकाण्डका घटनापछि अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै शनिवार हजारौँले र्‍याली निकालेका थिए।

उक्त द्विपक्षीय सिनेट समूहले एउटा विज्ञप्तिमा भनेको छ, "आज हामी अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, हाम्रा विद्यालयहरूलाई सुरक्षित राख्न र हाम्रो देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि एउटा सामान्य द्विपक्षीय प्रस्तावको घोषणा गरिरहेका छौँ।"

"परिवारहरू डराएका छन् र आज हामी एकजुट भएर समुदायमा सुरक्षाको भावना पुनर्स्थापित गर्नका निम्ति मद्दत पुग्ने केही गर्नु हाम्रो कर्तव्य हो।"

सिनेटरहरूले मानसिक स्वास्थ्य सेवा र विद्यालयमा सुरक्षाका लागि आवश्यक कुराहरूमा लगानी बढाउनका निम्ति पनि आह्वान गरेका छन्।

घरेलु हिंसाको सजायमा कडाइ र बन्दुक किन्ने व्यक्तिहरूको पृष्ठभूमि जाँचका लागि राष्ट्रव्यापी डाटाबेस बनाउनुपर्ने कुरामा पनि उनीहरूको जोड छ।

राष्ट्रपति बाइडनले सांसदहरूलाई प्रस्तावहरू चाँडै पारित गर्न आग्रह गरे गरेका छन्।

उनले अझै व्यापक सुरधारमा जोड दिएका छन्।

त्यसमा एसल्ट राइफलहरूमा पूर्ण प्रतिबन्ध वा किन्न पाउने उमेरलाई बढाउने लगायतका प्रस्ताव छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending