Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम

ओली सरकारले पाँच लाख दिने आश्वासन दियो, तर कार्यान्वयन गरेन

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनः निर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । 

गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दै आएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारविहीनलाई  रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । 

गत वर्षको बाढीले घर खेत बगाएर बेसहारा बनेका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङको आँखा अझै ओभाएका छैनन् । बाढीले उनको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगर बनेपछि उनको परिवार सुकुम्बासी बनेको छ । सरकारले घर बनाइदिने बताए पनि भएको जमिन बाढीले सखाप पारिदिएपछि भोकमरीमा परिन्छ कि भन्ने चिन्ता बाढीबाट प्रभावितहरूको छ ।

हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगायो । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सातवटा झोलुङ्गे पुल, नौवटा पक्की पुल र ३३ वटा सार्वजनिक संरचना ध्वस्त भए । एक वर्षसम्म पनि अस्थायी टहरा मुनि नै गुजारा चलाइरहेका बाढी प्रभावितहरु स्थायी घर बनाउन सरकारकै बाटो हेरेर बसिरहेका छन् । 

पक्की घर नबनाई रोजगारी तथा अन्य सिलसिलामा घरबाट बाहिरसमेत निस्किन नपाएको हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योतिको भनाइ छ । बाढीपछि अर्काको घरमा भाडा तिरेर बसेकाहरूको पनि आफ्नै पक्की घर बनाउने सपना सरकारकै कारण अझै अधुरो छ । 

आफ्नो भएको घर र व्यवसाय बाढीले बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठलाई सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधैं सताउने गरेको छ ।

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनी बर्सेनि जनधनको क्षति हुने गरेको स्थानीयवासीको ठम्याइ छ ।

मेलम्ची बाढीजस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएको छ । सोको पूर्वतयारी र विस्थापित नागरिकको स्थायी आवास पुनः निर्माणमा लागिपरेको स्थानीय सरकारका प्रमुखहरु बताउँछन् । गत वर्षभन्दा केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्यालजेन शेर्पाको भनाइ छ । 

निजी आवास निर्माणको प्रक्रिया अगाडि बढे पनि केही समस्याका कारण ढिलाइ भइरहेको शेर्पाले बताए । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पनि धेरै जना बाढी प्रभावितको सम्झौता भइसकेको र केही अहिले पनि भइरहेको भन्दै यसअघिको स्थानीय सरकारले चालेका प्रक्रियाअनुसार नै छिट्टै काम गर्ने प्रतिबद्धता जनाए ।

खोलाको अतिक्रमण गरी घरलगायत अन्य संरचना निर्माण गर्ने, खेती लगाउने गरेका कारण पनि बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको जानकारहरु बताउँछन् । 

बाढीले खोलाको सतह झण्डै १५ देखि २५ फिटसम्म माथि बढेकाले आगामी दिनमा सामान्य बाढी पनि बजार र बस्ती क्षेत्रमा पस्न सक्ने भएकाले यसको समयमै व्यवस्थापन गर्ने र हिमाली क्षेत्रमा भएको परिवर्तनको उच्चस्तरीय अध्ययन हुनु आवश्यक रहेको बिज्ञहरुको तर्क छ । 

प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित रकमले नदी नियन्त्रण तथा गहिर्याउन केही काम थाले पनि फेरि बर्खा सुरु भएसँगै आएको पानीले यी काम प्रभावित भएका छन् । 

मेलम्ची, इन्द्रावती, पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अगाडि आएको बाढीले बगाएपछि अहिले यी क्षेत्रमा जानका लागि समस्या भएको छ । हेलम्बु गाउँपालिका–७ चनौटेमा भने नेपाली सेनाको सहयोगमा निर्मित बेलीब्रिजले भने केही सहज भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

निर्वाचन आउन एक दिन बाँकी: सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यव...

मतदान हुने दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकर...

निर्वाचन विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द...

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE