Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम

ओली सरकारले पाँच लाख दिने आश्वासन दियो, तर कार्यान्वयन गरेन

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनः निर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । 

गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दै आएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारविहीनलाई  रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । 

गत वर्षको बाढीले घर खेत बगाएर बेसहारा बनेका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङको आँखा अझै ओभाएका छैनन् । बाढीले उनको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगर बनेपछि उनको परिवार सुकुम्बासी बनेको छ । सरकारले घर बनाइदिने बताए पनि भएको जमिन बाढीले सखाप पारिदिएपछि भोकमरीमा परिन्छ कि भन्ने चिन्ता बाढीबाट प्रभावितहरूको छ ।

हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगायो । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सातवटा झोलुङ्गे पुल, नौवटा पक्की पुल र ३३ वटा सार्वजनिक संरचना ध्वस्त भए । एक वर्षसम्म पनि अस्थायी टहरा मुनि नै गुजारा चलाइरहेका बाढी प्रभावितहरु स्थायी घर बनाउन सरकारकै बाटो हेरेर बसिरहेका छन् । 

पक्की घर नबनाई रोजगारी तथा अन्य सिलसिलामा घरबाट बाहिरसमेत निस्किन नपाएको हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योतिको भनाइ छ । बाढीपछि अर्काको घरमा भाडा तिरेर बसेकाहरूको पनि आफ्नै पक्की घर बनाउने सपना सरकारकै कारण अझै अधुरो छ । 

आफ्नो भएको घर र व्यवसाय बाढीले बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठलाई सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधैं सताउने गरेको छ ।

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनी बर्सेनि जनधनको क्षति हुने गरेको स्थानीयवासीको ठम्याइ छ ।

मेलम्ची बाढीजस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएको छ । सोको पूर्वतयारी र विस्थापित नागरिकको स्थायी आवास पुनः निर्माणमा लागिपरेको स्थानीय सरकारका प्रमुखहरु बताउँछन् । गत वर्षभन्दा केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्यालजेन शेर्पाको भनाइ छ । 

निजी आवास निर्माणको प्रक्रिया अगाडि बढे पनि केही समस्याका कारण ढिलाइ भइरहेको शेर्पाले बताए । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पनि धेरै जना बाढी प्रभावितको सम्झौता भइसकेको र केही अहिले पनि भइरहेको भन्दै यसअघिको स्थानीय सरकारले चालेका प्रक्रियाअनुसार नै छिट्टै काम गर्ने प्रतिबद्धता जनाए ।

खोलाको अतिक्रमण गरी घरलगायत अन्य संरचना निर्माण गर्ने, खेती लगाउने गरेका कारण पनि बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको जानकारहरु बताउँछन् । 

बाढीले खोलाको सतह झण्डै १५ देखि २५ फिटसम्म माथि बढेकाले आगामी दिनमा सामान्य बाढी पनि बजार र बस्ती क्षेत्रमा पस्न सक्ने भएकाले यसको समयमै व्यवस्थापन गर्ने र हिमाली क्षेत्रमा भएको परिवर्तनको उच्चस्तरीय अध्ययन हुनु आवश्यक रहेको बिज्ञहरुको तर्क छ । 

प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित रकमले नदी नियन्त्रण तथा गहिर्याउन केही काम थाले पनि फेरि बर्खा सुरु भएसँगै आएको पानीले यी काम प्रभावित भएका छन् । 

मेलम्ची, इन्द्रावती, पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अगाडि आएको बाढीले बगाएपछि अहिले यी क्षेत्रमा जानका लागि समस्या भएको छ । हेलम्बु गाउँपालिका–७ चनौटेमा भने नेपाली सेनाको सहयोगमा निर्मित बेलीब्रिजले भने केही सहज भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending