विराटनगर । मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता डा शेखर कााेेइरालाले सार्वजनिक गरेको हरियो आवरणको कार्यविवरण पुस्तिका यतिबेला पूर्वी राजनीतिमा बहसको केन्द्र बनेको छ।
‘जनताले के गरिस् भनेर सोधेपछि’ भन्दै सार्वजनिक गरिएको उक्त पुस्तिकामा झण्डै दुई अर्ब २४ करोड रुपैयाँ बराबरका साढे चार सयभन्दा बढी योजना समेटिएको दाबी गरिएको छ। आर्थिक वर्ष २०८०/८१ देखि २०८३ सम्मका विकास आयोजनाहरूलाई समेटेर प्रकाशित पुस्तिकामा विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका र बुढीगंगा गाउँपालिकाका विभिन्न वडामा सञ्चालित सडक, ढल, तटबन्ध, मन्दिर, सामुदायिक भवन तथा खानेपानीजस्ता योजना समावेश छन्।
तर विवादको केन्द्र भने यहींबाट सुरु भएको छ। सरकारी बजेटबाट विनियोजित र स्थानीय तहले कार्यान्वयन गरिरहेका योजनाहरूलाई व्यक्तिगत पहलको उपलब्धि जस्तो देखाइएको भन्दै विपक्षी दलहरूले प्रश्न उठाएका छन्। सामान्यतया संघीय बजेटमा समावेश योजनाहरू ‘रातो किताब’मा उल्लेख हुने गर्छन्, जसलाई राज्यको नियमित प्रक्रिया अन्तर्गत कार्यान्वयन गरिन्छ। आलोचकहरूको आरोप छ । ती योजनाहरूलाई हुबहु सारेर चुनावी प्रचार सामग्रीका रूपमा प्रयोग गरिएको हो।
नेपाली कांग्रेस मोरङ–६ का प्रचार प्रसार समितिका संयोजक देवराज तामाङले भने पुस्तिका डा. कोइरालाको पहलमा भित्रिएका बजेटहरूको विवरण भएको दाबी गरे। “जनताले के गरिस् भनेर सोध्दा तथ्यसहित देखाउनुपर्छ,” उनले भने, “ती योजनाहरू उहाँकै पहलमा आएका हुन्।”
यता नेकपा एमालेका नेता तथा सोही क्षेत्रका पूर्वप्रतिनिधिसभा सदस्य लालबावु पपण्डित ले पुस्तिकामा उल्लेख गरिएका करिब ३५० योजना आफ्नै कार्यकालमा सुरु भएको दाबी गरेका छन्। “मैले शिलान्यास गरेको र मेरै पालामा बजेट आएको योजनालाई अरूले जस लिनु उपयुक्त होइन,” उनले टिप्पणी गरे।
पुस्तिकाका केही पृष्ठमा संघीय सरकारअन्तर्गतका मन्त्रालयका कोड र बजेट शीर्षकसमेत उल्लेख गरिएको छ। यसले सरकारी अभिलेखकै प्रतिलिपि प्रयोग गरिएको आशंका बलियो बनाएको छ। कतिपय योजना अझै प्रक्रियामै रहे पनि ‘सम्पन्न कार्य’को सूचीमा राखिएको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ।
निर्वाचन नजिकिँदै जाँदा विकासका उपलब्धि देखाएर मतदातालाई प्रभावित पार्ने परम्परा नयाँ होइन। तर, राज्यको नियमित बजेटबाट सञ्चालन भएका योजनालाई व्यक्तिगत पहलको रूपमा प्रस्तुत गर्नु कत्तिको नैतिक हुन्छ भन्ने प्रश्न अहिले मोरङ–६ मा पेचिलो बनेको छ।
कांग्रेस समर्थकहरू भने बजेट भित्र्याउने राजनीतिक पहललाई पनि उपलब्धिकै रूपमा लिनुपर्ने तर्क गर्छन्। तर सर्वसाधारणबीच भने अर्को प्रश्न गुञ्जिरहेको छ । वडाले बनाएको नाली र नगरपालिकाले मर्मत गरेको सडक पनि नेताकै व्यक्तिगत उपलब्धि हो त ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...
आषाढ़ ६ गते, २०८३ - २१:३५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...
आषाढ़ ६ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...
आषाढ़ ६ गते, २०८३ - २१:१४
काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...



प्रतिकृया लेख्नुहोस्: