Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

ग्राउण्ड रिपोर्ट : प्रदेश १ मा एमालेको ओरालो यात्रा

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेको केन्द्रिय कमिटीे बैठकले प्रदेश नं एकमा ८५ सीट एक्लैले जित्ने दाबी प्रस्तुत गरेको थियो । 

प्रदेश नं. एकमा नगर तथा गाउँ पालिकाको कुल १३७ स्थानीय तह छन् । एमालेको यो दावी प्रदेश एकको पचास प्रतिशत बढी स्थानीय तह हो । तर, परिणाम ठीक विपरित आयो । स्थानीय तहको निर्वाचन परिणाममा एमाले ४७ पालिकामा खुम्चियो । जबकी ०७४ को स्थानीय तह निर्वाचनमा एमालेको ६८ पालिकामा नेतृत्व थियो । 

कांग्रेसले एक महानगर (विराटनगर), १६ नगरपालिका र ३४ गाउँपालिका तहमा नेतृत्व पाएको थियो । ०७९ मा कांग्रेस ६९ पालिकाको नेतृत्वमा उक्लिएर प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । 

माओवादी केन्द्रले ०७४ मा ९ पालिकाको नेतृत्व पाएकोमा यस पटक १२ पालिका जितेको छ । रमाइलो त के छ भने ०७४मा नेका जुन स्थानमा थियो ०७९ मा एमाले त्यो भन्दा धेरै तल झरेको छ ।

पहिलो स्थानीय चुनाव 

एउटा महा–नगरपालिका (विराटनगर), दुईवटा उप–महानगरपालिका (धरान, इटहरी),सहित ४६ नगरपालिका र ८८ गाउँपालिकाको १३७ स्थानीय तह भएको एक नं. प्रदेश हो । 

पहिलो पटक ०७४ को निर्वाचनमा २ उपमहानगर, २६ नगरपालिका, ४० गाउँ पालिकासहित ६८ स्थान ल्याएर एमाले निर्वाचनमा पहिलो स्थानमा पुगेको थियो । (तर, धरान उप–महानगरपालिकाको उप–निर्वाचनमा मेयरमा पराजित भएपछि ६७ स्थानीय तहमा खुम्चिएको थियो ।)

दोस्रोमा नेपाली कांग्रेसले विराटनगर महा–नगरपालिकासहीत १७ नगरपालिका (पछिल्लो उप–निर्वाचनमा धरान उपमहानगरमा जितेपछि १८) र ३४ गाउँ पालिकासहित ५२ स्थानसहीत दोस्रो स्थानमा निर्वाचन परिणाम ल्याउन सफल भएको थियो ।

तेस्रो माओवादी केन्द्रले एक नगरपालिका र आठ गाउँ पालिकासहीत ९ स्थानमा जितेर तेस्रो हुन पुगेको थियो । यसरी नै बाँकी अन्य नगरपालिका तथा गाउँ पालिकामा क्रमसः मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), संघीय समाजवादी फोरम र राप्रपाले केहि स्थानमा जित्न सफल भएका थिए । 

फाट्टफुट्ट मात्र तालमेल भएको चुनावमा प्रायः दलहरु आफ्नो एकल बुतामा निर्वाचन लडेका थिए ।

सग्लो एमाले हुँदा 

अहिले देखिएका पार्टीहरु मध्ये त्यसबखत सबैभन्दा व्यवस्थित एमाले थियो । दोस्रो संविधानसभाको निर्वाचन पछि एमालेले तल्ला कमिटीहरु संस्थागत गर्न भ्याई सकेको थियो । अर्थात सग्लो एमाले, विवादरहीत एमाले चुनावमा हेलिएको थियो । 

यसैले एमालेको सग्लो शक्ति प्रयोग गर्दा पनि उसले चुनावमा ५० प्रतिशत स्थानीय तह कटाउन सकेको थिएन । केवल नगर पालिकामामात्र ५० प्रतिशत स्थान कटाउन सफल भएको थियो । 

धनकुटा, तेह्रथुम, खोटाङ जस्ता पहाडि जिल्ला, उदयपुर जस्ता भित्रि मधेस र झापा र मोरङ राजमार्ग उत्तरका नपा तथा गापामा एमालेको पकड पछिल्लो ०७४ को स्थानीय तह निर्वाचनमा देखियो ।

प्रदेश नं। एकमा समाहित अञ्चलगत परिणाम हेर्दा माओवादी केन्द्र पूर्वभन्दा पश्चिमतर्फका जिल्लाहरुमा पकड जमाउँदै गएको देखिन्छ । 

एमाले, नेकाको तुलनामा निकै कम एउटामात्र नगरपालिका जित्न सफल माओवादी केन्द्र मेची अञ्चलमा एउटामात्र स्थानीय तह, कोशीमा एक नगरपालिकासहित दूई गाउँ पालिका र सगरमाथामा आएर ६ गाउँपालिका थपेर तेस्रो स्थान प्राप्त गरेको थियो । 

माओवादीको उपस्थिति सबै नगर र गाउँ पालिकाहरुमा देखिए पनि भोजपुर, उदयपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा माओवादी केन्द्रले जितेका स्थानीय तहमा देखाएको जनहितकारी प्रशासनले राजनैतिक पकड जमाउन सहज बनाएको देखिन्छ । 

माओवादी केन्द्रको नेतृत्व भएको सुनकोशी गाउँ पालिका (लिम्चिबुङ) उदयपुर एउटा उदाहरण बनेको थियो ।

गत निर्वाचनमा तत्कालीन मधेस केन्द्रित दलहरु प्रदेशको मधेस फाँटबाट उपस्थिति देखाउन सफल भए । राप्रपाले झापामा मात्र तीनवटा गाउँपालिकाको नेतृत्वसहीत आफ्नो पक्षमा पार्न सफल भयो । मेची अञ्चलमा राप्रपा तेस्रो दलको रुपमा दर्ज हुन पुगेको छ ।

दोस्रो स्थानीय निर्वाचन –०७९ को परिणाम 

दोस्रो स्थानीय निर्वाचन परिणामले एमालेलाई खुम्च्याएको त छँदैछ । कांग्रेसलाई गठबन्धनले जुरुक्कै उचालेको छ । अघिल्लो चुनावमा ५१ (उपचुनावबाट १ (धरान) मा जितेपछि ५२) तहको नेतृत्व जितेको कांग्रेसले एक महानगर (विराटनगर), एक उपमहानगर (इटहरी) सहीत २३ नगरपालिका ४६ गाउँपालिका समेत जम्मा ६९ स्थानीय तहको नेतृत्व पाएको छ । 

एमालेले ०७४ मा जितेको दुइ उपमहानगर (धरान, इटहरी) गुमाउँदै २३ नगरपालिका र २४ गाउँपालिकासहीत ४७ स्थानीय तहकोमात्र नेतृत्व पाएको छ । माओवादी केन्द्रले आफ्नो तेस्रो स्थान कायम गर्दै अघिल्लो चुनावमा पाएको ९ पालिकाबाट बृद्धि गर्दै १२ पालिकाको नेतृत्व पाएको छ । 

यसरी नै पहिलो पटक नेकपा एकीकृत समाजवादीले एक नगरपालिका (सूर्योदय, इलाम) र एक गाउँपालिका, राप्रपाले एक नगरपालिकासहीत एक गाउँपालिका र अन्य स्वतन्त्र गरि जम्मा गाउँ पालिकातर्फ ६ र नगरपालिका तर्फ ३ तहको गरी ९ स्थानीय तहको नेतृत्वमा जित हासिल गरेका छन् ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending