Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

ग्राउण्ड रिपोर्ट : प्रदेश १ मा एमालेको ओरालो यात्रा

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेको केन्द्रिय कमिटीे बैठकले प्रदेश नं एकमा ८५ सीट एक्लैले जित्ने दाबी प्रस्तुत गरेको थियो । 

प्रदेश नं. एकमा नगर तथा गाउँ पालिकाको कुल १३७ स्थानीय तह छन् । एमालेको यो दावी प्रदेश एकको पचास प्रतिशत बढी स्थानीय तह हो । तर, परिणाम ठीक विपरित आयो । स्थानीय तहको निर्वाचन परिणाममा एमाले ४७ पालिकामा खुम्चियो । जबकी ०७४ को स्थानीय तह निर्वाचनमा एमालेको ६८ पालिकामा नेतृत्व थियो । 

कांग्रेसले एक महानगर (विराटनगर), १६ नगरपालिका र ३४ गाउँपालिका तहमा नेतृत्व पाएको थियो । ०७९ मा कांग्रेस ६९ पालिकाको नेतृत्वमा उक्लिएर प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । 

माओवादी केन्द्रले ०७४ मा ९ पालिकाको नेतृत्व पाएकोमा यस पटक १२ पालिका जितेको छ । रमाइलो त के छ भने ०७४मा नेका जुन स्थानमा थियो ०७९ मा एमाले त्यो भन्दा धेरै तल झरेको छ ।

पहिलो स्थानीय चुनाव 

एउटा महा–नगरपालिका (विराटनगर), दुईवटा उप–महानगरपालिका (धरान, इटहरी),सहित ४६ नगरपालिका र ८८ गाउँपालिकाको १३७ स्थानीय तह भएको एक नं. प्रदेश हो । 

पहिलो पटक ०७४ को निर्वाचनमा २ उपमहानगर, २६ नगरपालिका, ४० गाउँ पालिकासहित ६८ स्थान ल्याएर एमाले निर्वाचनमा पहिलो स्थानमा पुगेको थियो । (तर, धरान उप–महानगरपालिकाको उप–निर्वाचनमा मेयरमा पराजित भएपछि ६७ स्थानीय तहमा खुम्चिएको थियो ।)

दोस्रोमा नेपाली कांग्रेसले विराटनगर महा–नगरपालिकासहीत १७ नगरपालिका (पछिल्लो उप–निर्वाचनमा धरान उपमहानगरमा जितेपछि १८) र ३४ गाउँ पालिकासहित ५२ स्थानसहीत दोस्रो स्थानमा निर्वाचन परिणाम ल्याउन सफल भएको थियो ।

तेस्रो माओवादी केन्द्रले एक नगरपालिका र आठ गाउँ पालिकासहीत ९ स्थानमा जितेर तेस्रो हुन पुगेको थियो । यसरी नै बाँकी अन्य नगरपालिका तथा गाउँ पालिकामा क्रमसः मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), संघीय समाजवादी फोरम र राप्रपाले केहि स्थानमा जित्न सफल भएका थिए । 

फाट्टफुट्ट मात्र तालमेल भएको चुनावमा प्रायः दलहरु आफ्नो एकल बुतामा निर्वाचन लडेका थिए ।

सग्लो एमाले हुँदा 

अहिले देखिएका पार्टीहरु मध्ये त्यसबखत सबैभन्दा व्यवस्थित एमाले थियो । दोस्रो संविधानसभाको निर्वाचन पछि एमालेले तल्ला कमिटीहरु संस्थागत गर्न भ्याई सकेको थियो । अर्थात सग्लो एमाले, विवादरहीत एमाले चुनावमा हेलिएको थियो । 

यसैले एमालेको सग्लो शक्ति प्रयोग गर्दा पनि उसले चुनावमा ५० प्रतिशत स्थानीय तह कटाउन सकेको थिएन । केवल नगर पालिकामामात्र ५० प्रतिशत स्थान कटाउन सफल भएको थियो । 

धनकुटा, तेह्रथुम, खोटाङ जस्ता पहाडि जिल्ला, उदयपुर जस्ता भित्रि मधेस र झापा र मोरङ राजमार्ग उत्तरका नपा तथा गापामा एमालेको पकड पछिल्लो ०७४ को स्थानीय तह निर्वाचनमा देखियो ।

प्रदेश नं। एकमा समाहित अञ्चलगत परिणाम हेर्दा माओवादी केन्द्र पूर्वभन्दा पश्चिमतर्फका जिल्लाहरुमा पकड जमाउँदै गएको देखिन्छ । 

एमाले, नेकाको तुलनामा निकै कम एउटामात्र नगरपालिका जित्न सफल माओवादी केन्द्र मेची अञ्चलमा एउटामात्र स्थानीय तह, कोशीमा एक नगरपालिकासहित दूई गाउँ पालिका र सगरमाथामा आएर ६ गाउँपालिका थपेर तेस्रो स्थान प्राप्त गरेको थियो । 

माओवादीको उपस्थिति सबै नगर र गाउँ पालिकाहरुमा देखिए पनि भोजपुर, उदयपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा माओवादी केन्द्रले जितेका स्थानीय तहमा देखाएको जनहितकारी प्रशासनले राजनैतिक पकड जमाउन सहज बनाएको देखिन्छ । 

माओवादी केन्द्रको नेतृत्व भएको सुनकोशी गाउँ पालिका (लिम्चिबुङ) उदयपुर एउटा उदाहरण बनेको थियो ।

गत निर्वाचनमा तत्कालीन मधेस केन्द्रित दलहरु प्रदेशको मधेस फाँटबाट उपस्थिति देखाउन सफल भए । राप्रपाले झापामा मात्र तीनवटा गाउँपालिकाको नेतृत्वसहीत आफ्नो पक्षमा पार्न सफल भयो । मेची अञ्चलमा राप्रपा तेस्रो दलको रुपमा दर्ज हुन पुगेको छ ।

दोस्रो स्थानीय निर्वाचन –०७९ को परिणाम 

दोस्रो स्थानीय निर्वाचन परिणामले एमालेलाई खुम्च्याएको त छँदैछ । कांग्रेसलाई गठबन्धनले जुरुक्कै उचालेको छ । अघिल्लो चुनावमा ५१ (उपचुनावबाट १ (धरान) मा जितेपछि ५२) तहको नेतृत्व जितेको कांग्रेसले एक महानगर (विराटनगर), एक उपमहानगर (इटहरी) सहीत २३ नगरपालिका ४६ गाउँपालिका समेत जम्मा ६९ स्थानीय तहको नेतृत्व पाएको छ । 

एमालेले ०७४ मा जितेको दुइ उपमहानगर (धरान, इटहरी) गुमाउँदै २३ नगरपालिका र २४ गाउँपालिकासहीत ४७ स्थानीय तहकोमात्र नेतृत्व पाएको छ । माओवादी केन्द्रले आफ्नो तेस्रो स्थान कायम गर्दै अघिल्लो चुनावमा पाएको ९ पालिकाबाट बृद्धि गर्दै १२ पालिकाको नेतृत्व पाएको छ । 

यसरी नै पहिलो पटक नेकपा एकीकृत समाजवादीले एक नगरपालिका (सूर्योदय, इलाम) र एक गाउँपालिका, राप्रपाले एक नगरपालिकासहीत एक गाउँपालिका र अन्य स्वतन्त्र गरि जम्मा गाउँ पालिकातर्फ ६ र नगरपालिका तर्फ ३ तहको गरी ९ स्थानीय तहको नेतृत्वमा जित हासिल गरेका छन् ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

निर्वाचन आउन एक दिन बाँकी: सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यव...

मतदान हुने दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकर...

निर्वाचन विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE