Ntc summer Offer
Khabar Dabali २७ फाल्गुन २०८१ मंगलवार | 11th March, 2025 Tue
Investment bank

कांग्रेसलाई आयोग हैन, सरकार चाहिएको छः एमाले अध्यक्ष ओली

खबरडबली संवाददाता

बारा । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाली कांग्रेसलाई आयोग नभएर सरकार चाहेको आरोप लगाएका छन् । बाराको प्रसौनी गाउँपालिको प्रशासनिक भवन उदघाटन कार्यक्रममा बोल्दै ओलीले लामो समय सत्तामा राज गरेको काँग्रेस सत्ताच्युत भएपछि अत्तालिएको बताउँदै गृहमन्त्री विरूद्ध आयोग हैन, सरकार चाहेको आरोप लगाएका हुन् ।

प्रतिपक्षीहरू नेकपा एमालेसँग डराएर संसद भवन बाहिर बोलाइएको उनले बताए । संसदमा अदालतमा दोषी ठहर भएका फेरी उम्मेदवार बन्न नसक्नेहरू संसदमा चुट्कला गर्दा देश विकासको परिकल्पना गर्न नसकिने उनको भनाइ छ।

नेकपा एमाले सरकार छोडे देखि देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै राजनितीक अस्थिरताले देशमा उथलपुथल मच्चिएको समेत बताए । सरकारले गर्दा नै बेरोजगारी बढेको र हाल देशमा बेरोजगारीको संख्या १० लाख पुगेको उनले बताए । सरकारको वर्तमान अवस्थाले नै युवाहरू विदेशीनु परेकोउनको भनाइ छ ।

उधोगी व्यवसायीहरूले देशमै उधोगको स्थापना गरि युवा जनशक्तिलाई विदेशीनुबाट जोगाउनु पर्ने उधोगीहरूलाई आव्हवान गर्दै देशको जनशक्ति स्वदेश मै प्रयोग गर्न सके अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उनले बताए ।

मधेसलाई हराभरा बनाउन सबैले आ आफ्नो घर वरीपरी वृक्षारोपण गर्नु पर्नेमा ओलीले जोड दिएका थिए । वृक्षारोपणले वतावरण हरियो बनाउने वतावरण स्वच्छ बनाउन मदत पुग्ने उनले बताएका छन् । मधेशमा अहिले पानीको हाहाकार रोक्नलाई पनि वृक्षारोपण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

संवृद्ध नेपाल सुखी नेपाल बनाउन हामी सबै आ आफ्नै ठाउबाट लाग्नुपर्ने बताए ।चक्रपात भएको बेला नेकपा सरकारले केही महिनामा घर बनाएर पिडित परिवारलाई हस्तान्तरण गरेको उनले बताए । मिसन २०८४ सफल बनाउन देशभरी एमाले जित्नेमा आफु विश्वस्त रहेको बताए ।

मधेशमा प्रयाप्त पानी हुदा पनि सिचाइमा समस्या आएको ओलीले बताए । सिचाईको समस्या नभए पनि सुख्खा रहेको बताए । खोला भए पनि त्यसको पानी संचय गर्न नसक्दा सिचाइमा समस्या भएको उनले बताए । नेकपा एमाले सरकारले सुनकोशी बाट मरिनमा पानी ल्याएर बागमतीमा झारेर सिचाई व्यवस्थित गर्ने बताए ।

असहज परिस्थितिको बावजूद प्रशानिक भवन उदघाटनमा आए यहा चाहिने भौतिक निर्माण देखि अब्बल कर्मचारीहरूको सहयोगले जनतामुखी सेवा दिने सुझाव दिएका थिए । देशको अर्थतन्त्र ओरालो लागेकोले विकास निर्माणको कार्यमा अवरोध आएको पुर्व प्रधानमन्त्रीले बताए । अर्थतन्त्रले गर्दा पुराना तथा थप्ने योजना अलपत्र परेको छ ।

उदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ, कृषि मन्त्री ज्वाला साह, अच्युत मैनाली, गाउपालिका अध्यक्ष विनोद जैयसवार लगायतले जनताले पाउनुपर्ने सेवा सुविधा छिटो छरितो प्रदान गर्नुपर्ने निर्देशन दिएका थिए ।

भवन उदघाटन कार्यक्रममा शुभकामना दिदै प्रमुख प्रशासकिय अधिकृत सुमित सिहले ०७८ मंसिर २४ गते शिलान्यास भएको बताए । नागार्जुन आशिका जेभी बालाजु काठमाडौंले ३ करोड ३९ लाखमा आर्थिक वर्ष ०८०/०८१ मा सम्पन्न भएको सिहले बताए । नव निर्मित प्रसौनी गाउपालिकाको प्रशासनिक भवनमा ६ कोठा महिला अपाङ्ग मैत्री शौचालय सहित भवन निर्माण गरिएको जानकारी गराए ।कर्मचारीहरू जनतालाई सहजताको साथ सेवा प्रदान गर्नमा आफु विश्वस्त रहेको सिहले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिष्णु रिमाल र ज्ञानेन्द्र शाहीको फेसबुक दोहोरीः रिमाललाई वडाध्यक्षमा लड्न तयारी गर्न शाहीकोे चुनौती

काठमाडौं  ।  राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिए...

लक्जमबर्गका राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु

काठमाडौँ । लक्जमबर्गका राजकुमार रोबर्टका छोरा राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु भएको छ । उनको मृत्यु पिओएलजी माइटोकोन्ड्रियल रोग भनिने दु...

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ...

फागुनकाे अन्ततिम सााता रायाेकाे सागकाे मूूल्य बढ्याे

कति छ आजको तरकारी र फलफूलको थोक मूल्य ?

नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरुलाई शंकर पोखरेलको जवाफ- भारतमै ल्याए भयो !

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र ...

अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू बुटवल जाँदै

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल जाने भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल...

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैंकिक कसूर तथा सजाय (दोस्रो...

एक सय सदस्यीय चिनियाँ फोटोग्राफरको टोली नेपालमा

काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल ...

स्ववियु निर्वाचनमा मनोनयन दर्ता आज

काठमाडौं  । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ।  बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। ...

समाजवादी मोर्चाले आज विरोधका कार्यक्रम घोषणा गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ब...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy