काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रचार विभागले पार्टीको मुखपत्रका रुपमा रहेको ‘समाजवाद’ प्रकाशन गर्ने भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी प्रकाशन गर्न लागिएको उक्त मुखपत्रलाई देशभर रहेका सङ्गठनमार्फत जनतालाई वितरण गरिने लक्ष्य राखिएको छ ।
मुलुकमा रहेका शोषित, श्रमिक, सिमान्तकृत तथा राज्यका मूलधारमा आउन नसकेका जनताले भोगिरहेको असमानता, शोषण, वर्गीय विभेदको अन्त्य गरी राजनीतिक पहुँच, आर्थिक तथा राजनीतिक समानताका माध्यमबाट सामाजिक रुपान्तण गर्न समाजवादको महत्व रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त मुखपत्र प्रकाशन गर्न लागिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए।
मानव विकास र सामाजिक कल्याणलाई प्राथमिकतामा राख्ने आदर्शका रुपमा समाजवादलाई लिएको छ । राजनीति र आर्थिक शक्तिको व्यापक विकेन्द्रीकरण गर्न समाजवादको माध्यमबाट सकिने सन्देश मुखपत्रमा समावेश गरिनेछ ।
संविधानको प्रस्तावनामा ‘समाजवाद उन्मुख’ भनेर लेखिएपछि विभिन्न दलले यसको व्याख्या तथा विश्लेषण फरकफरक रुपमा गरेको पाइन्छ । उत्पादनको स्रोत र साधनमा सामूहिक नियन्त्रण गरी समाजको हितमा प्रयोग गरिने उक्त अर्थ व्यवस्थालाई राष्ट्रिय रुपमा बहस समेत गर्न थालिएको छ । तत्कालीन नेकपा (एमाले)बाट विभाजन भएपछि विसं २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता भएको नेकपा (एस) प्रतिनिधिसभामा चौथो ठूलो दलका रुपमा स्थापित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: