Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रुसद्वारा युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार, किएभमा सबैभन्दा ठूलो गोलाबारी

रुस विभिन्न प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रूपमा एक्लियो

खबरडबली संवाददाता

काठमाडौं । रुसले युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ। यो राजधानी किएभमा महिनौँयता भएको सबैभन्दा ठूलो गोलाबारी हो।

आक्रमणका कारण किएभस्थित एक आवासीय भवन ध्वस्त भएको छ। घटनाका क्रममा कम्तीमा एक जनाको मृत्यु र एक सात वर्षीया बालिकासहित छ जना घाइते भएका छन्।

युक्रेनले आइतवार किएभ क्षेत्रमा १४ वटा क्षेप्यास्त्र प्रहार भएको तर ती आक्रमण सहरी क्षेत्रभन्दा टाढा भएको बताएको छ।

अर्को केन्द्रीय सहर चर्कसीमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भयो। आक्रमणमा पर्ने अर्को सहरमा उत्तर-पूर्वी खार्किभ क्षेत्र समाविष्ट छ।

विश्वका धनी राष्ट्रहरूको समूह 'जी सेभेन'का नेताहरूले युक्रेन युद्धलाई छलफलको शीर्ष विषय बनाएर दक्षिण जर्मनीको बाभेरियामा तीन दिन लामो शिखर सम्मेलन सुरु गरेपछि युक्रेनमा आक्रमणहरू भएका हुन्।

सम्मेलनमा सहभागी नेताहरूले किएभलाई थप सैन्य सहयोग उपलब्ध गराउने र मस्कोमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ।

"हामी सँगै रहनुपर्छ," अमेरिकी राष्ट्रपति जो बाइडनले जर्मन चान्सलर ओलाफ स्कोल्जलाई शिखर सम्मेलन सुरु हुनुअघि भने।

"रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुदेखि कुनै न कुनै रूपमा नेटो र जी सेभेन विभाजित हुने अपेक्षा गर्दै आएका छन् ... तर हामी त्यस्तो गर्ने पक्षमा छैनौँ। त्यसैले हामीले आक्रामकताको यो स्वरूपलाई अस्तित्वमा रहन दिन र त्यसलाई त्यतिकै रहन दिन सक्दैनौँ," राष्ट्रपति बाइडनले आफ्नो मत राखे।

शिखर सम्मेलनमा रहेका बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल, पछिल्ला साताहरूमा युद्धमा पश्चिमी एकता खस्किएको बताउँछन्। उनका अनुसार केही नेताहरूले रुससँग दीर्घकालीन सम्बन्धबारे छलफल गरिरहेका छन् भने अन्य केहीले युक्रेनलाई बलियो र दिगो साथ दिनु पर्नेमा जोड गरेका छन्।

तर बाभेरियामा भएको बैठकमा जी सेभेन नेताहरूको त्यस्ता विभाजनहरूको अन्त्य गर्न कटिबद्ध रहेको बीबीसी संवाददाता बताउँछन्।

किएभस्थित शिशु कक्षाको खेल मैदानमा ठूलो विस्फोट भएको थियो। त्यस नजिकै रहेको एक नौ तले भवनको माथिल्लो भाग ध्वस्त भएको थियो। विस्फोटमा परी घाइते बालिकाकी आमा जो एक रुसी नागरिक थिइन्, उनलाई त्यहाँको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको अधिकारीहरूले जानकारी दिए।

उनीहरूका अनुसार ती घाइते बालिकाको शल्यक्रिया गरिएको छ र हाल उनको स्वास्थ्य अवस्था स्थिर छ।

युक्रेनी सेनाले टुपोलेभ बम्बर्समार्फत् करिब १,४५० किलोमिटर टाढा क्यास्पियन सागरमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ। शनिवार सेनाले बताए अनुसार रुसी क्षेप्यास्त्रहरू रुसको मित्रराष्ट्र बेलारुसमा उड्ने टुपोलेभ्सबाट प्रहार गरिएको थियो।

रुसी रक्षा मन्त्रालयले आइतवार किएभको उत्तरी चेर्निहाइभ र राजधानीको पश्चिममा रहेको झिटोमिर र ल्भिभ क्षेत्रमा रहेको युक्रेनी सेनाको तालिम केन्द्रहरूमा उच्च क्षमता भएका अस्त्रहरू प्रहार गरेको बताएको छ।

ल्भिभको स्टारिची जिल्लामा भएको आक्रमण नेटो सदस्य राष्ट्र पोल्यान्डको सिमानाबाट ३० किलोमिटर मात्र पर थियो।

किएभका मेयर भिटाली क्लिट्स्कोले यी प्रहारहरू जी सेभेन सम्मेलन अघि युक्रेनलाई धम्क्याउने प्रयास स्वरूप भएको बताए।

किएभमा यसअघि ठूलो रुसी क्षेप्यास्त्र प्रहार जुन ५ मा एक रेल मर्मत केन्द्रमा भएको थियो।

फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि रुस विभिन्न प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रूपमा एक्लिएको छ।

ठूला प्रारम्भिक असफलताहरू पछि रुसले युक्रेनको कडा प्रतिरोधको बाबजुद पूर्वी क्षेत्रमा केही प्रगति गरेको छ र हाल भग्नावशेषमा परिणत भएको मुख्य युक्रेनी सहर सेभेरोडोनेट्स्कलाई अन्ततः शनिवारदेखि नियन्त्रणमा लिएको छ।

युक्रेनी सेनाहरू रुसी प्रहारभन्दा पर भए पनि सैन्य विश्लेषकहरूले अब औद्योगिक पूर्वी डोनबास क्षेत्रमा युद्ध सङ्घर्षपूर्ण हुने बताएका छन्।

युक्रेनले फेरि लामो दूरीका अस्त्र ढुवानीमा तीव्रता दिन पश्चिमाहरूसँग आग्रह गरेको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी सेभेन सम्मेलनमा फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोलाई भेटेका छन्। जोनसनका प्रवक्ताले "द्वन्द्वको क्रममा महत्त्वपूर्ण क्षण आएको र युद्धमा छाल बदल्ने अवसर रहेको" कुरामा उनीहरू सहमत भएको बताए।

उनीहरू युक्रेनका लागि सैन्य समर्थन कायम राख्न सहमत भए र जोनसनले राष्ट्रपति पुटिनलाई "अनुमति पत्र" दिएर "द्वन्द्व समाधान गर्ने कुनै पनि प्रयासले स्थायी अस्थिरता निम्त्याउने" कुरामा जोड दिए।

उनले नेताहरू युद्धको बढ्दो लागतको बारेमा इमानदार हुनुपर्ने तर रुसको सफलताको मूल्य "त्योभन्दा धेरै बढी" रहेको बताए।

जी सेभेन आयोजक चान्सलर स्कोल्जले युक्रेनका निम्ति अन्य नेताहरूको एकता पुटिनका लागि स्पष्ट सन्देश भएको बताए।

"हामी हाम्रो विश्व दृष्टिकोण र लोकतन्त्र र विधिको शासनमाथि हाम्रो विश्वासले एक भएका हौँ," उनले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies