Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

रुसद्वारा युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार, किएभमा सबैभन्दा ठूलो गोलाबारी

रुस विभिन्न प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रूपमा एक्लियो

खबरडबली संवाददाता

काठमाडौं । रुसले युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ। यो राजधानी किएभमा महिनौँयता भएको सबैभन्दा ठूलो गोलाबारी हो।

आक्रमणका कारण किएभस्थित एक आवासीय भवन ध्वस्त भएको छ। घटनाका क्रममा कम्तीमा एक जनाको मृत्यु र एक सात वर्षीया बालिकासहित छ जना घाइते भएका छन्।

युक्रेनले आइतवार किएभ क्षेत्रमा १४ वटा क्षेप्यास्त्र प्रहार भएको तर ती आक्रमण सहरी क्षेत्रभन्दा टाढा भएको बताएको छ।

अर्को केन्द्रीय सहर चर्कसीमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भयो। आक्रमणमा पर्ने अर्को सहरमा उत्तर-पूर्वी खार्किभ क्षेत्र समाविष्ट छ।

विश्वका धनी राष्ट्रहरूको समूह 'जी सेभेन'का नेताहरूले युक्रेन युद्धलाई छलफलको शीर्ष विषय बनाएर दक्षिण जर्मनीको बाभेरियामा तीन दिन लामो शिखर सम्मेलन सुरु गरेपछि युक्रेनमा आक्रमणहरू भएका हुन्।

सम्मेलनमा सहभागी नेताहरूले किएभलाई थप सैन्य सहयोग उपलब्ध गराउने र मस्कोमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ।

"हामी सँगै रहनुपर्छ," अमेरिकी राष्ट्रपति जो बाइडनले जर्मन चान्सलर ओलाफ स्कोल्जलाई शिखर सम्मेलन सुरु हुनुअघि भने।

"रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुदेखि कुनै न कुनै रूपमा नेटो र जी सेभेन विभाजित हुने अपेक्षा गर्दै आएका छन् ... तर हामी त्यस्तो गर्ने पक्षमा छैनौँ। त्यसैले हामीले आक्रामकताको यो स्वरूपलाई अस्तित्वमा रहन दिन र त्यसलाई त्यतिकै रहन दिन सक्दैनौँ," राष्ट्रपति बाइडनले आफ्नो मत राखे।

शिखर सम्मेलनमा रहेका बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल, पछिल्ला साताहरूमा युद्धमा पश्चिमी एकता खस्किएको बताउँछन्। उनका अनुसार केही नेताहरूले रुससँग दीर्घकालीन सम्बन्धबारे छलफल गरिरहेका छन् भने अन्य केहीले युक्रेनलाई बलियो र दिगो साथ दिनु पर्नेमा जोड गरेका छन्।

तर बाभेरियामा भएको बैठकमा जी सेभेन नेताहरूको त्यस्ता विभाजनहरूको अन्त्य गर्न कटिबद्ध रहेको बीबीसी संवाददाता बताउँछन्।

किएभस्थित शिशु कक्षाको खेल मैदानमा ठूलो विस्फोट भएको थियो। त्यस नजिकै रहेको एक नौ तले भवनको माथिल्लो भाग ध्वस्त भएको थियो। विस्फोटमा परी घाइते बालिकाकी आमा जो एक रुसी नागरिक थिइन्, उनलाई त्यहाँको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको अधिकारीहरूले जानकारी दिए।

उनीहरूका अनुसार ती घाइते बालिकाको शल्यक्रिया गरिएको छ र हाल उनको स्वास्थ्य अवस्था स्थिर छ।

युक्रेनी सेनाले टुपोलेभ बम्बर्समार्फत् करिब १,४५० किलोमिटर टाढा क्यास्पियन सागरमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ। शनिवार सेनाले बताए अनुसार रुसी क्षेप्यास्त्रहरू रुसको मित्रराष्ट्र बेलारुसमा उड्ने टुपोलेभ्सबाट प्रहार गरिएको थियो।

रुसी रक्षा मन्त्रालयले आइतवार किएभको उत्तरी चेर्निहाइभ र राजधानीको पश्चिममा रहेको झिटोमिर र ल्भिभ क्षेत्रमा रहेको युक्रेनी सेनाको तालिम केन्द्रहरूमा उच्च क्षमता भएका अस्त्रहरू प्रहार गरेको बताएको छ।

ल्भिभको स्टारिची जिल्लामा भएको आक्रमण नेटो सदस्य राष्ट्र पोल्यान्डको सिमानाबाट ३० किलोमिटर मात्र पर थियो।

किएभका मेयर भिटाली क्लिट्स्कोले यी प्रहारहरू जी सेभेन सम्मेलन अघि युक्रेनलाई धम्क्याउने प्रयास स्वरूप भएको बताए।

किएभमा यसअघि ठूलो रुसी क्षेप्यास्त्र प्रहार जुन ५ मा एक रेल मर्मत केन्द्रमा भएको थियो।

फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि रुस विभिन्न प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रूपमा एक्लिएको छ।

ठूला प्रारम्भिक असफलताहरू पछि रुसले युक्रेनको कडा प्रतिरोधको बाबजुद पूर्वी क्षेत्रमा केही प्रगति गरेको छ र हाल भग्नावशेषमा परिणत भएको मुख्य युक्रेनी सहर सेभेरोडोनेट्स्कलाई अन्ततः शनिवारदेखि नियन्त्रणमा लिएको छ।

युक्रेनी सेनाहरू रुसी प्रहारभन्दा पर भए पनि सैन्य विश्लेषकहरूले अब औद्योगिक पूर्वी डोनबास क्षेत्रमा युद्ध सङ्घर्षपूर्ण हुने बताएका छन्।

युक्रेनले फेरि लामो दूरीका अस्त्र ढुवानीमा तीव्रता दिन पश्चिमाहरूसँग आग्रह गरेको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी सेभेन सम्मेलनमा फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोलाई भेटेका छन्। जोनसनका प्रवक्ताले "द्वन्द्वको क्रममा महत्त्वपूर्ण क्षण आएको र युद्धमा छाल बदल्ने अवसर रहेको" कुरामा उनीहरू सहमत भएको बताए।

उनीहरू युक्रेनका लागि सैन्य समर्थन कायम राख्न सहमत भए र जोनसनले राष्ट्रपति पुटिनलाई "अनुमति पत्र" दिएर "द्वन्द्व समाधान गर्ने कुनै पनि प्रयासले स्थायी अस्थिरता निम्त्याउने" कुरामा जोड दिए।

उनले नेताहरू युद्धको बढ्दो लागतको बारेमा इमानदार हुनुपर्ने तर रुसको सफलताको मूल्य "त्योभन्दा धेरै बढी" रहेको बताए।

जी सेभेन आयोजक चान्सलर स्कोल्जले युक्रेनका निम्ति अन्य नेताहरूको एकता पुटिनका लागि स्पष्ट सन्देश भएको बताए।

"हामी हाम्रो विश्व दृष्टिकोण र लोकतन्त्र र विधिको शासनमाथि हाम्रो विश्वासले एक भएका हौँ," उनले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE