Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पाँच वर्षसम्म चार किमी सडक नसक्ने निर्माण व्यवसायीलाई कारबाही

खबरडबली संवाददाता

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ । 

डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो । पहिलोपटक १८ महिना समय दिए पनि भण्डार/थोडुङ/वल्र्डवाइड/महालक्ष्मी जेभीले काम नगरेपछि पटकपटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनीयर तुलाकान्त चौधरीले राससलाई जानकारी दिए ।

ठेक्काको पाँच वर्षमा निर्माण कम्पनीले एक हजार ८०० मिटर सडक मात्र कालोपत्र गरेको छ । दुई हजार २०० मिटर सडकमा अझै भएको छैन । सडकको दायाँबायाँ लगाएको पर्खाल पनि ठाउँ ठाउँमा भत्केको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेमा कम गुणस्तरको काम भएको स्थानीय सीताराम नेपालले गुनासो गरे। 

यो खहरेमा दायाँबायाँ निर्माण गरिएको खहरे बाढीले बगाएको छ । निर्माण व्यवसायीले काम गरिसकेको केही महिनामै आएको बाढीले पर्खाल भत्काएको हो । खहरे खनेर गहिरो बनाउँदा हिमपाइप राखेर सवारी तार्न सकिने गरी बनाइएको अस्थायी पुल बगाएको उनले बताए । खहरेको बाढीले सडक जलमग्न हुने गरेको छ ।

 डिभिजनले तीन पटकसम्म सकड निर्माणको समय थप गरेको छ । निर्माण व्यवसायीलाई पटकपटक काम गर्नका लागि पत्राचार गरिएको डिभिजन कार्यालयले जनाएको छ । पछिल्लोपटक असार १० गते पनि छिटो काम गर्न भन्दै डिभिजनले पत्राचार गरेको थियो । काम नगरे किन कानूनी कारबाहीको प्रक्रिया अघि नबढाउने भनी पत्राचार गरिएको छ । तीन दिने म्याद दिएर कार्यालयमा हाजिर हुन निर्माण व्यवसायीलाई निर्देशन दिए पनि आएका छैनन् । प्रतिक्रियाका लागि निर्माण व्यवसायी उमेश लामालाई पटकपटक सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

ठेक्का भएको पाँच वर्षदेखि अलपत्र बनेको सडकका कारण यस क्षेत्रका हजारौँ स्थानीयवासी मर्काका परेका छन् । यो सडक निर्माण हुँदा काठमाडौँको उत्तरपूर्वी भेगका मानिसलाई कोटेश्वर नाकाबाट काठमाडौँ छिर्न सहज हुन्छ । सडक जामका बेला पनि यो सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिन्छ । यो सडकबाट साँखु हुँदै मेलम्ची जान पनि सहज हुन्छ । सडक पूरा भएपछि कोटेश्वर, गौशाला, चावहिल, जोरपाटीलगायत स्थानको जाम छलेर यात्रु साँखु पुग्न सक्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending