Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

अपडेट: कपिलवस्तुमा निषेधाज्ञा जारी

खबरडबली संवाददाता

कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए।

उनले कपिलवस्तुको विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३०९क० बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको बताए।

उनका अनुसार निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय, बभनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।

प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही समेत गरिने बताए।

जिल्लाको महाराजगञ्ज बर्गदामा भएको घटनामा कुल २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

उनका अनुसार नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक सहित ११ जना तथा सशस्त्र प्रहरीका छ जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ छ जना घाइते भएका थिए ।

त्यसमध्ये चारजनालाई गोली लागेको छ । चारजनाको भैरहवा, एकजनाको भरतपुर र एकजनाको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको छ।

घटनाका सम्बन्धमा नौ जनालाई प्रहरीले नियन्त्रण लिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...

नेविसङ्घको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...

सभापतिको राजीनामा फिर्ता हुनुपर्नेमा सबै सदस्य एकमत : प्रवक्ता चालिसे

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत र...

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब  ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...

अपडेट: कपिलवस्तुमा निषेधाज्ञा जारी

कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...

हिन्दु–मुस्लिम समुदायबीच विवाद हुँदा कपिलवस्तु अशान्त, प्रदर्शन रोक्न प्रहरीद्धारा लाठीचार्ज

कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य भएको छैन। महराजगञ्जका केही स्थानमा स्थानीय युवा प्रदर्शन...

कांग्रेसभित्रको विवाद: देउवा–कोइराला समूहले छुट्टै केन्द्रीय बैठक बोलाउने निर्णय

काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा। शेखर कोइराला सहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन ...

रवि लामिछानेको मुद्दामा संशोधित निर्णयको फाइल मगाउने सर्वोच्चको आदेशमा के छ ?

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...

अमेरिका विश्व ऊर्जा बजारमा प्रभुत्व जमाउने प्रयासमा

मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: