काठमाडौं । नराम्रो आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले अत्यावश्यकबाहेक अरू सवारीसाधनलाई पेट्रोल विक्री गर्न प्रतिबन्ध लगाएको छ।
आगामी दुई साता त्यहाँ बस, रेल र स्वास्थ्य एवं खाद्यसेवाका सवारीसाधनले मात्रै इन्धन हाल्न पाउनेछन्।
सहरी क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन् भने त्यहाँका दुई करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न भनिएको छ।
इन्धन र खाद्यसामग्रीको आयातका लागि पैसा तिर्न पनि नसकिरहेको उक्त दक्षिण एशियाली राष्ट्र आर्थिक सङ्कटबाट उम्किन सङ्घर्षरत छ।
सन् १९७० को तेल सङ्कटका बेला अमेरिका र युरोपमा इन्धन विक्री नियन्त्रित गरिएयता इन्धन विक्री रोक्ने श्रीलङ्का पहिलो देश भएको इन्भेस्टेकका तेल र ग्यास अध्ययन प्रमुख नाथन पाइपरले बताएका छन्।
पाइपरले त्यो प्रतिबन्धले श्रीलङ्कामा ह्वात्तै बढेको इन्धनको मूल्य र कम भइरहेको विदेशी मुद्रा सञ्चितिको अवस्था देखाएको बताए।
कोभिड महामारीका कारण अर्थतन्त्रलाई परेका प्रभाव, ऊर्जाको बढ्दो मूल्य र कर छुट कार्यक्रमका कारण श्रीलङ्कासँग अत्यावश्यक वस्तुहरू आयात गर्ने विदेश मुद्राको ठूलो सङ्कट छ।
आर्थिक सङ्कटले त्यहाँ इन्धन, खाद्यसामग्री र औषधिको चरम अभाव भएको छ जसले गर्दा त्यहाँको दैनिक जीवनयापन खर्च अत्युच्च भएको छ।
'गम्भीर आर्थिक सङ्कट'
सोमवार श्रीलङ्काली सरकारले निजी सवारीसाधनलाई पेट्रोल र डीजल किन्न जुलाई १० सम्म नदिने घोषणा गरेको थियो।
मन्त्रिमण्डलका प्रवक्ता बन्दुला गुणवर्देनाले श्रीलङ्काले "इतिहासमै यस्तो गम्भीर आर्थिक सङ्कट नभोगेको" बताएका छन्।
श्रीलङ्काले सस्तोमा तेल किन्ने वार्ताका लागि रुस र कतारजस्ता ठूला उत्पादक देशहरूमा प्रतिनिधि पठाएको छ।
गत साता अधिकारीहरूले श्रीलङ्कामा ९,००० टन डीजल र ६,००० टन पेट्रोल मात्रै बाँकी रहेको बताएका थिए।
सो तेल सामान्य अवस्थामा एक साताका लागि मात्रै पर्याप्त हुन्छ।
"हामी थप तेल ल्याउन सके जति प्रयास गरिरहेका छौँ तर त्यो कहिले आउँछ हामीलाई थाहा छैन," आइतवार ऊर्जामन्त्री कञ्चन विजेसेकरले भनेका थिए।
अक्सफर्ड इकोनमिक्सका वरिष्ठ अर्थशास्त्री एलेक्स होल्म्सले इन्धनमा प्रतिबन्ध "बिग्रिरहेको सङ्कटको अर्को एक सानो सङ्केत" भएको बताएका छन्।
"इन्धनका लागि लामो लाइनमा बस्दा नै आवतजावत निकै कम भएको देखिएको थियो। निजी सवारीसाधनमाथि पूर्ण प्रतिबन्ध अर्को एक कदम हो जसले आर्थिक घाउलाई अझ जटिल बनाउँछ," उनले भने।
गत मे महिनामा श्रीलङ्काले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय ऋणदातालाई पहिलो पटक किस्ता बुझाउन सकेन।
गत साता अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधि तीन अर्ब अमेरिकी डलर बराबरको सङ्कट मोचन सहयोगको वार्ताका लागि श्रीलङ्का पुगेका थिए।
श्रीलङ्काले अत्यावश्यक वस्तुहरूको आयातका लागि भारत र चीनसँग सहयोग खोजिरहेको छ।
प्रधानमन्त्री रनील विक्रमसिङ्घे यो महिनाको सुरुमा आगामी छ महिना अत्यावश्यक वस्तु आयातका लागि श्रीलङ्कालाई कम्तीमा पाँच अर्ब डलर चाहिने बताएका थिए।
हालैका साताहरूमा सरकारले कृषकलाई धेरै धान उमार्न अनुरोध गरेको थियो भने सरकारी कर्मचारीलाई बाली लगाउन सातामा एक दिन थप बिदा दिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - ०९:२४
सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...
फाल्गुन १९ गते, २०८२ - ०९:२१
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...
फाल्गुन १९ गते, २०८२ - ०९:१६
काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...
फाल्गुन १९ गते, २०८२ - ०९:०१
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...
फाल्गुन १९ गते, २०८२ - ०८:१२
काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...
फाल्गुन १९ गते, २०८२ - ०७:५३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...
फाल्गुन १९ गते, २०८२ - ०७:५०
गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...
फाल्गुन १९ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...
फाल्गुन १९ गते, २०८२ - ०७:३९
तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...
फाल्गुन १९ गते, २०८२ - ०७:३०
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...



प्रतिकृया लेख्नुहोस्: