Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

श्रीलंकामा आर्थिक संकट : अत्यावश्यक सवारीसाधनबाहेक अरूलाई पेट्रोल बेच्न प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं । नराम्रो आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले अत्यावश्यकबाहेक अरू सवारीसाधनलाई पेट्रोल विक्री गर्न प्रतिबन्ध लगाएको छ।

आगामी दुई साता त्यहाँ बस, रेल र स्वास्थ्य एवं खाद्यसेवाका सवारीसाधनले मात्रै इन्धन हाल्न पाउनेछन्।

सहरी क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन् भने त्यहाँका दुई करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न भनिएको छ।

इन्धन र खाद्यसामग्रीको आयातका लागि पैसा तिर्न पनि नसकिरहेको उक्त दक्षिण एशियाली राष्ट्र आर्थिक सङ्कटबाट उम्किन सङ्घर्षरत छ।

सन् १९७० को तेल सङ्कटका बेला अमेरिका र युरोपमा इन्धन विक्री नियन्त्रित गरिएयता इन्धन विक्री रोक्ने श्रीलङ्का पहिलो देश भएको इन्भेस्टेकका तेल र ग्यास अध्ययन प्रमुख नाथन पाइपरले बताएका छन्।

पाइपरले त्यो प्रतिबन्धले श्रीलङ्कामा ह्वात्तै बढेको इन्धनको मूल्य र कम भइरहेको विदेशी मुद्रा सञ्चितिको अवस्था देखाएको बताए।

कोभिड महामारीका कारण अर्थतन्त्रलाई परेका प्रभाव, ऊर्जाको बढ्दो मूल्य र कर छुट कार्यक्रमका कारण श्रीलङ्कासँग अत्यावश्यक वस्तुहरू आयात गर्ने विदेश मुद्राको ठूलो सङ्कट छ।

आर्थिक सङ्कटले त्यहाँ इन्धन, खाद्यसामग्री र औषधिको चरम अभाव भएको छ जसले गर्दा त्यहाँको दैनिक जीवनयापन खर्च अत्युच्च भएको छ।

'गम्भीर आर्थिक सङ्कट'

सोमवार श्रीलङ्काली सरकारले निजी सवारीसाधनलाई पेट्रोल र डीजल किन्न जुलाई १० सम्म नदिने घोषणा गरेको थियो।

मन्त्रिमण्डलका प्रवक्ता बन्दुला गुणवर्देनाले श्रीलङ्काले "इतिहासमै यस्तो गम्भीर आर्थिक सङ्कट नभोगेको" बताएका छन्।

श्रीलङ्काले सस्तोमा तेल किन्ने वार्ताका लागि रुस र कतारजस्ता ठूला उत्पादक देशहरूमा प्रतिनिधि पठाएको छ।

गत साता अधिकारीहरूले श्रीलङ्कामा ९,००० टन डीजल र ६,००० टन पेट्रोल मात्रै बाँकी रहेको बताएका थिए।

सो तेल सामान्य अवस्थामा एक साताका लागि मात्रै पर्याप्त हुन्छ।

"हामी थप तेल ल्याउन सके जति प्रयास गरिरहेका छौँ तर त्यो कहिले आउँछ हामीलाई थाहा छैन," आइतवार ऊर्जामन्त्री कञ्चन विजेसेकरले भनेका थिए।

अक्सफर्ड इकोनमिक्सका वरिष्ठ अर्थशास्त्री एलेक्स होल्म्सले इन्धनमा प्रतिबन्ध "बिग्रिरहेको सङ्कटको अर्को एक सानो सङ्केत" भएको बताएका छन्।

"इन्धनका लागि लामो लाइनमा बस्दा नै आवतजावत निकै कम भएको देखिएको थियो। निजी सवारीसाधनमाथि पूर्ण प्रतिबन्ध अर्को एक कदम हो जसले आर्थिक घाउलाई अझ जटिल बनाउँछ," उनले भने।

गत मे महिनामा श्रीलङ्काले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय ऋणदातालाई पहिलो पटक किस्ता बुझाउन सकेन।

गत साता अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधि तीन अर्ब अमेरिकी डलर बराबरको सङ्कट मोचन सहयोगको वार्ताका लागि श्रीलङ्का पुगेका थिए।

श्रीलङ्काले अत्यावश्यक वस्तुहरूको आयातका लागि भारत र चीनसँग सहयोग खोजिरहेको छ।

प्रधानमन्त्री रनील विक्रमसिङ्घे यो महिनाको सुरुमा आगामी छ महिना अत्यावश्यक वस्तु आयातका लागि श्रीलङ्कालाई कम्तीमा पाँच अर्ब डलर चाहिने बताएका थिए।

हालैका साताहरूमा सरकारले कृषकलाई धेरै धान उमार्न अनुरोध गरेको थियो भने सरकारी कर्मचारीलाई बाली लगाउन सातामा एक दिन थप बिदा दिएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending