Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नेपाली पत्रकारितालाई दक्षिण एसियाकै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्छः मन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली पत्रकारितलाई दक्षिण एसियामै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्ने बताएका छन्। मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज आयोजना गरेको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ विषयक राष्ट्रिय गोष्ठीमा उनले नेपालको पत्रकारितालाई खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्ने बताएको हो ।

“सञ्चार क्षेत्रमा कार्यस्थल सुरक्षितसम्बन्धी निर्देशिका एउटा दस्ताबजे बनाउने मात्र होइन, यसलाई कार्यान्वयन गरेर जानुपर्छ” मन्त्री कार्कीले भने, “यो दस्ताबेजले पत्रकारलाई मात्र होइन, सबै नागरिकलाई उहारण हुने गरी कार्यान्वयन गरेर जानुपर्छ ।”

सञ्चारमाध्यमको कार्यकक्ष, कार्यस्थल, समाचार सङ्कलन गर्ने ठाउँमा मात्र सुरक्षा नभइ समग्र समाजलाई सुरक्षित बनाउने विषयमा छलफल हुनुपर्ने जरुरी भएको उल्लेख गर्दै उनले भन्नुभयो,“सञ्चारकर्मी आफू अनुशासित, उत्तरदायी र पादरर्शी हुन सके आफू र समाजलाई पनि हिंसाबाट मुक्त गर्न सक्छौँ ।”

मन्त्री कार्कीले विकसित तथा अविकसित देशहरुका समस्या फरक खालका हुने प्रसङ्ग उल्लेख गर्दै सुन्दर देश नेपालको प्राकृतिक स्रोतसाधनको उपयोग गरी समाजप्रति उत्तरदायी नागरिक बनाउन सञ्चारमाध्यमको भूमिका अहम हुने पनि चर्चा गरे । “नेपाल प्राकृतिक हिसाबले निकै सुन्दर देश हो, प्राकृतिले प्राकृतिक स्रोत साधन दिएको छ” मन्त्री कार्कीले थपे, “प्राकृतिक सम्पदाको प्रयोग गरेर दक्षिण एसियामा आगामी पुस्ता धनी बनाउन जरुरी छ, त्यस कार्यमा सबैजना लाग्न जरुरी छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले कुनै पनि कार्यस्थल सुरक्षित बनाउन सरकारको दायित्व रहेको भए पनि सञ्चार क्षेत्र अरु कार्यस्थलभन्दा फरक र संवेदनशील भएको बताए।

पत्रकारको कार्यस्थल काम गर्ने ठाउँ मात्र नभएर समाचार सङ्कलनका साथै समाचारका स्रोतसम्म पनि पुग्नुपर्ने एक महत्वपूर्ण स्थान भएकाले यसलाई फरक प्रकृतिको र संवेदनशील कार्यस्थलका रुपमा लिनुपर्ने धारणा उखले राखे।

सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थलसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिल पनि  सरकारकै अङ्ग भएको सचिव डा अर्यालले बताए । “नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका सम्पूर्ण बैंकहरुले कानुन सरह लागू गर्छन्”–सचिव अर्यालले भने, “त्यस्तै सञ्चारको क्षेत्रमा प्रेस काउन्सिले लागू गरेको आचारसंहिता वा निर्देशिका पनि कानुन सरह लागू हुन्छ ।”

उनले सरकारले यो निर्देशिका कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गर्ने विश्वास समेत व्यक्त गरे। नेपाल पत्रकार महासङ्घका पूर्व  अध्यक्ष महेन्द्र विष्टले ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ सम्बन्धी निर्देशिकाको अवधारणा प्रस्तुत गर्नुभएको थियो । उक्त निर्देशिकालाई अन्तिम रुप दिएर प्रेस काउन्सिलले लागू गर्नेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...

कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

कैलाली.। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताएको छन् । वर्...

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी...

वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्ताबेज होः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै...

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । ...

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन् । ...

रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

काठमाडौँ। रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएको छिन् ।  गण्डकीले आफ्नो तेस्रो विदेशी ख...

कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एकजना पक्राउ

नवलपुर । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोक...

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी। अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

बागमती प्रदेश सरकारद्वारा पलेशालाई दश लाखसहित सम्मान

हेटौँडा । बागमती प्रदेश सरकारले पेरिस २०२४ पारा ओलम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । संविधान दिवस तथा राष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy