Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

उत्तरी सिरियामा टर्की र कुर्दिश सेनाबिच झडप, ३७ जनाको मृत्यु

खबरडबली संवाददाता

दमास्कस । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्की समर्थित समूह र कुर्द नेतृत्वको सेनाबिच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकाले बुधबार सिरियामा कुर्दिश लडाकुहरू विरुद्ध आक्रमण बढाउनबाट रोक्न नेटो सहयोगी राष्ट्र टर्कीएको चिन्तालाई सम्बोधन गर्न काम गरिरहेको बताएको छ ।

सिरियाली युद्ध अनुगमन संस्था ९सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर० ले कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेज र टर्की समर्थित नेसनल आमीबिच पछिल्लो केही घण्टायता मनबिजको ग्रामीण इलाकामा भीषण लडाई भएको जनाएको छ । उक्त क्षेत्रमा टर्कीएएले हवाई आक्रमणसमेत सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ।

“दोहोरो झडपमा परी ३७ जनाको मृत्यु भएको छ,” बेलायतस्थित अब्जरभेटरीले जनाएको छ । टर्कीएए समर्थित लडाकुमध्ये छ जना एसडीएफ लडाकु र पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ ।

मनबिजको ग्रामीण इलाकामा गत महिनादेखि जारी झडपमा परी कम्तीमा ३२२ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ ।

बुधबार अमेरिका समर्थित एसडीएफका प्रमुख मजलुम अब्दीले आफ्नो समूहले ‘सिरियाली भूमिको एकता र अखण्डता’लाई समर्थन गरेको बताउनुभएको थियो । एएफपीलाई दिएको लिखित रिपोर्टमा उहाँले सिरियाका नयाँ अधिकारीहरूलाई ‘सिरियामा युद्धविरामका लागि हस्तक्षेप गर्न’ आग्रह गरेको छन ।

गत महिनाको अन्त्यतिर कुर्दिश नेता र दमास्कसका अधिकारीहरूबीच भएको ‘सकारात्मक’ बैठकपछि अब्दीको यो टिप्पणी आएको हो ।

इस्लामवादी नेतृत्वको विद्रोहीहरूले नोभेम्बर २७ मा सिरियाली राष्ट्रपति बशर अल असदलाई अपदस्थ गर्ने आक्रमण सुरु गरेपछि उत्तरी सिरियामा टर्कीएए समर्थित समूहहरूले एसडीएफसँग आफ्नो लडाइँ फेरि सुरु गरेका थिए ।

मनबिज क्षेत्रमा युद्धविराम स्थापना गर्ने अमेरिकी नेतृत्वको प्रयासका बावजुद अङ्कारा समर्थक समूहले उत्तरी अलेप्पो प्रान्तको कुर्दिश नियन्त्रित मनबिज र ताल रिफातकब्जा गर्न सफल भएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबारे बिदाको सट्टा हिउँदे बिदा घटाइयो, अब ३० दिन मात्रै

काठमाडौँ । सरकारले विद्यालय तहको हिउँदे बिदा अवधि घटाएको छ। अब सामुदायिक विद्यालयमा वार्षिक ४५ दिनसम्म दिइने हिउँदे बिदा ३० दिनमा सीमित हुने भएको छ। ...

सशस्त्र प्रहरी निरीक्षक र सरकारी साक्षीविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। सशस्त्र प्रहरी ब...

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गतेदे...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृतकमध्ये ३ महिला र १ पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्श...

०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्...

सरकारलाई एमालेको प्रश्न: राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कडा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा ...

अरुको सुझाव सरकारले सुन्नुपर्छ : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिएक...

संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भयो : आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न...

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending