Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

संस्कृतिसम्बन्धी हक अधिकारको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

खबरडबली संवाददाता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा समेटिएको भाषा तथा संस्कृतिसम्बन्धी हकअधिकारको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औँ प्रज्ञा सभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकका सबै जातजाति तथा समुदायको भाषा र संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रङ्गीचङ्गी फूलहरुको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकार दृढ सङ्कल्पित रहेको बताए। 
 
नाट्य प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री देउवाले भने,“नेपालको संविधानले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुने कुरालाई सुनिश्चित गरेको छ, त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्छ ।”
 
सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै मानिसमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको उनको भनाइ छ । उनले नाट्य प्रज्ञा–प्रतिष्ठानले नाट्य, नृत्य, सङ्गीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री देउवाले भने, “प्रतिष्ठानले विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाट्य प्रविधिको क्षेत्रमा विशेष प्रशिक्षण, बाल नाटक, महोत्सव, लोपोन्मुख सङ्गीत परम्पराको संरक्षणका लागि एक प्रदेश एक परम्परा आदि कार्यक्रमको आयोजना गर्दै देशको विभिन्न भूगोल, जाति, समुदायसम्म आफूलाई पु¥याएको छ, जसले राष्ट्रिय एकताको सुत्रलाई बलियो बनाएको छ ।” 
 
उनले सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान भनेको कला, कलाकार र सहजकर्ताको संस्था भएको बताउँदै लोकतन्त्रको स्थापना र संवद्र्धनमासमेत कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको बताए।  
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवद्र्धनको निम्ति आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 
 
नेपल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनको निम्ति स्थानीय तह, राजनीतिक दल र प्राज्ञहरुबीच नेपालको संस्कृति, कला र साहित्यको विषयमा छलफल हुनुपर्ने आवश्यकता औँल्याए। नेपाल ललितकता प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्मचार्य ९कान्छाकुमार कर्माचार्य० र नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ ले नेपाली साहित्य क्षेत्रको विकासमा जोड दिनुपर्ने  धारणा व्यक्त गरे । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending