Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

आक्रोशित प्रदर्शनकारीबाट बच्न श्रीलङ्काली राष्ट्रपति निवासबाट भागे

खबरडबली संवाददाता

कोलम्बो । हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिएका छन् । 

शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थान तर्फ प्रस्थान गरेको डेलि मिरर दैनिकले जनाएको छ । राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ। 

यसअघि आन्दोलनकारीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।  स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कफ्र्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कफ्र्यु आदेश जारी गरिएको हो । कफ्र्यु कार्यान्वयनका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालित भएका छन् ।  

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा  बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन् । उनले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य वृद्धि न्यूनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको प्रदर्शनकारीको भनाई छ । आफ्नो जिम्मेवारीमा असफल भएकाले उहाँले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन् । उहाँले राजीनामा दिएमा अर्को व्यक्तिले सङ्कटको समाधान गर्ने उनीहरुको विश्वास छ । 

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनु परेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

देउवा समूहको बैठक चुणदेवीमा, पार्टीभित्रको विवाद समाधानमा केन्द्रित छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को बैठक काठमाडौंको चुणदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। पूर्व कार्यवाहक स...

प्रधानमन्त्रीको सुनको छानबिन गर्न माग, आफ्नै नामबाट सुरु गर्न आङदेम्बेको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्न...

सरकारले संविधान संशोधनका लागि गठन गरेका कार्यदलहरू अपरिपक्व: आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय संरचनामाथि ...

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएको छन्। सोमबार बसेक...

कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ - रास्वपा सांसद

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला

कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन...

दैलेख बस दुर्घटनाको उद्धारमा भएको ढिलाइबारे छानबिनका लागि रुलिङ गरियोस्: सांसद शाही

काठमाडौं । दैलेखमा १८ असारमा भएको सवारी दुर्घटनाको विषयमा सरकारले पर्याप्त चासो नदिएको भन्दै प्रतिनिधिसभाका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग...

जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने मन्त्री लम्सालको अभिव्यक्ति चर्चामा

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसअघि निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ अभि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending