Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

श्रीलङ्का सङ्कट: भिडले राजपक्ष सत्ताको पकड तोड्यो

खबरडबली संवाददाता

यो श्रीलङ्काका लागि असाधारण समय हो- ठूलो आक्रोश र हिंसाको दिन घर्किँदै गर्दा यो देशका दुई वरिष्ठ नेताहरू सत्ताबाट बाहिरिन सहमत भएका छन्।

यो समाचार प्रवाह हुने बित्तिकै कोलम्बोको प्रमुख प्रदर्शन स्थलमा हर्षोल्लास प्रवाह गर्‍यो। शहरका कैयौँ स्थानमा आतसबाजी गरियो।

म गाला फेस प्रदर्शन क्षेत्रमा हुँदा नै कैयौँ मानिसहरू घर फर्कन थाले, तर हजारौँ त्यहीँ थिए। कतिपय गीत गाइरहेका थिए त कतिले बाजा बजाउँदै उत्सव मनाइरहेका छन्।

्केही दिन अघि राष्ट्रपति गोटबय राजपक्ष र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग संसद्‌मा मुस्काइरहेको फोटो सामाजिक सञ्जालमा धेरै शेअर गरिएको थियो।

कैयौँले उनीहरूप्रति आक्रोश व्यक्त गरेका थिए।
उनीहरूले भनेका थिए दशौँ लाख मानिसहरू पूरा छाक खान सङ्घर्ष गरिरहेका बेला यी दुई पुरुषहरू खुशी देखिन्छन्।

तर राजनीतिमा एक हप्ता निकै लामो समय हो। अधिकारीहरू बढ्दो मुद्रास्फितिबीच खाना इन्धन र औषधि आयात गर्न सङ्घर्ष गरिरहेका बेला सर्वसाधारणले महिनौँदेखि प्रदर्शन गरिरहेका छन् र राष्ट्रपति राजपक्षको राजीनामा प्रदर्शनकारीको मुख्य माग रहेको छ।

श्रीलङ्कामा विदेशी मुद्रा सञ्चितीको चरम अभाव भएको छ र उसले इन्टरन्याशनल मनिटरी फन्ड आईएमएफसँग आपत्‌कालीन ऋण सहयोग दिलाउन आग्रह गरेको छ।
मैले राष्ट्रपति राजपक्षलाई शासनको चरम उचाइमा देखेको छु।

उनी निर्मम र अरूमा डर पैदा गर्ने मानिस थिए।

पत्रकारसहित अरू कोही पनि उनको आक्रोशको अगाडि पर्न चाहन्नथे।

उनको सत्ताका कडा आलोचकहरूलाई या त कडा दण्ड दिइयो या बेपत्ता पारियो-तर राजपक्षहरू-राष्ट्रपति र उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षले- सधैँ हिंसा वा बेपत्तासँग सम्बन्ध भएको कुरा अस्वीकार गरे।

अहिले राष्ट्रपति राजपक्ष सुरक्षाका लागि उनको सरकारी निवास छोडेर भाग्नु नाटकीय छ- केही महिना अगाडि त्यो सोच्न पनि सकिन्नथ्यो।

पृथकतावादी तमिल टाइगरहरूलाई तह लगाउन सेनाको अघि अघि लागेपछि यी व्यक्तिलाई सिन्हाला बौद्धमार्गी समुदायको समर्थन थियो।

राजपक्ष दाजुभाइलाई त्यसपछि युद्ध नायकका रूपमा स्थापित गराइयो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending