यो श्रीलङ्काका लागि असाधारण समय हो- ठूलो आक्रोश र हिंसाको दिन घर्किँदै गर्दा यो देशका दुई वरिष्ठ नेताहरू सत्ताबाट बाहिरिन सहमत भएका छन्।
यो समाचार प्रवाह हुने बित्तिकै कोलम्बोको प्रमुख प्रदर्शन स्थलमा हर्षोल्लास प्रवाह गर्यो। शहरका कैयौँ स्थानमा आतसबाजी गरियो।
म गाला फेस प्रदर्शन क्षेत्रमा हुँदा नै कैयौँ मानिसहरू घर फर्कन थाले, तर हजारौँ त्यहीँ थिए। कतिपय गीत गाइरहेका थिए त कतिले बाजा बजाउँदै उत्सव मनाइरहेका छन्।
्केही दिन अघि राष्ट्रपति गोटबय राजपक्ष र प्रधानमन्त्री रनिल विक्रमसिङ्ग संसद्मा मुस्काइरहेको फोटो सामाजिक सञ्जालमा धेरै शेअर गरिएको थियो।
कैयौँले उनीहरूप्रति आक्रोश व्यक्त गरेका थिए।
उनीहरूले भनेका थिए दशौँ लाख मानिसहरू पूरा छाक खान सङ्घर्ष गरिरहेका बेला यी दुई पुरुषहरू खुशी देखिन्छन्।
तर राजनीतिमा एक हप्ता निकै लामो समय हो। अधिकारीहरू बढ्दो मुद्रास्फितिबीच खाना इन्धन र औषधि आयात गर्न सङ्घर्ष गरिरहेका बेला सर्वसाधारणले महिनौँदेखि प्रदर्शन गरिरहेका छन् र राष्ट्रपति राजपक्षको राजीनामा प्रदर्शनकारीको मुख्य माग रहेको छ।
श्रीलङ्कामा विदेशी मुद्रा सञ्चितीको चरम अभाव भएको छ र उसले इन्टरन्याशनल मनिटरी फन्ड आईएमएफसँग आपत्कालीन ऋण सहयोग दिलाउन आग्रह गरेको छ।
मैले राष्ट्रपति राजपक्षलाई शासनको चरम उचाइमा देखेको छु।
उनी निर्मम र अरूमा डर पैदा गर्ने मानिस थिए।
पत्रकारसहित अरू कोही पनि उनको आक्रोशको अगाडि पर्न चाहन्नथे।
उनको सत्ताका कडा आलोचकहरूलाई या त कडा दण्ड दिइयो या बेपत्ता पारियो-तर राजपक्षहरू-राष्ट्रपति र उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षले- सधैँ हिंसा वा बेपत्तासँग सम्बन्ध भएको कुरा अस्वीकार गरे।
अहिले राष्ट्रपति राजपक्ष सुरक्षाका लागि उनको सरकारी निवास छोडेर भाग्नु नाटकीय छ- केही महिना अगाडि त्यो सोच्न पनि सकिन्नथ्यो।
पृथकतावादी तमिल टाइगरहरूलाई तह लगाउन सेनाको अघि अघि लागेपछि यी व्यक्तिलाई सिन्हाला बौद्धमार्गी समुदायको समर्थन थियो।
राजपक्ष दाजुभाइलाई त्यसपछि युद्ध नायकका रूपमा स्थापित गराइयो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...
पौष ६ गते, २०८२ - १५:०१
पश्चिम नवलपरासी। ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गरेको छन...




प्रतिकृया लेख्नुहोस्: