सिन्धुपाल्चोक । गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पु¥याउनुपर्ने बाध्यता अन्त्य भएको छ । आमा र नवजात शिशु दुवैको स्वास्थ्य जोखिम त्यतिकै हुन्थ्यो ।
आफ्नै गाउँठाउँमा जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि लाखौँ खर्चेर काठमाडौँसम्मका अस्पताल धाउनुपर्ने बाध्यता हटेकोमा अहिले सिन्धुपाल्चोक मेलम्ची क्षेत्रका स्थानीय खुसी छन् ।
यसअघि सामान्य स्वास्थ्य उपचार सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गरेसँगै सेवा विस्तार गरिएको हो ।
शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा, ट्रमा सेन्टर, फार्मेसी, दन्त सेवा, आँखा उपचार सेवा, अक्सिजन उत्पादन प्लाण्ट तथा अन्य सेवाको लागि अब अन्यत्र जानुपर्ने बाध्यता हटेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।
इन्द्रावती गाउँपालिकाका देव मगर, मेलम्चीमै श्रीमतीले शल्यक्रिया सहितको सुरक्षित निःशुल्क प्रसूति सेवा पाउँदा खुसी व्यक्त गर्छन्। विगतमा गर्भवतीको असामान्य अवस्थामा आमा र बच्चा दुवैको जोखिम हुँदाँ सुरक्षित प्रसूतिकै लागि धुलिखेल र काठमाडौँसम्म लैजानुपर्ने बाध्यता थियो ।
सहरका महँगा अस्पतालको उपचार खर्च धान्न यहाँका दुर्गम ठाउँका स्थानीयलाई मुस्किल हुन्थ्यो । आफ्नै ठाउँमा अहिले विशेषज्ञ चिकित्सककै संलग्नतामा जटिल प्रसूति सेवा पाएपछि यहाँका गर्भवतीलाई राहत मिलेको इन्द्रावती गाउँपालिकाका अञ्जली मगर बताउँछन्।
विभिन्न सेवाको विस्तारसँगै जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालनमा आएपछि अस्पतालमा सुरक्षित प्रसूति सेवा लिनेको चाप बढेको छ । यसकारण गुणस्तरीय सेवाको लागि जनशक्तिको अभाव, भौतिक पूर्वाधार, आर्थिक प्रशासनलगायत अन्य क्षेत्रको अभाव खड्किएको मेलम्ची नगर अस्पतालका प्रमुख डा दामोदर पौडेलको भनाइ छ ।
पाँचपोखरी, हेलम्बु, र इन्द्रावती गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको मेलम्ची नगरपालिकामा अस्पताल सञ्चालन तथा शल्यक्रियाका आवश्यक सामग्री र विशेषज्ञसहित स्वास्थ्यकर्मीको सेवा उपलब्ध भएपछि मेलम्चीका मात्र नभएर अन्य पालिकाका दुर्गम ठाउँका नागरिकलाई पनी स्वास्थ्य सेवा लिन सहज भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: