Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

ओली र लिउबीच भेटवार्ता, नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता

खबरडबली संवाददाता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । 
 
उनले भने, “पछिल्लो समयमा नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा आएको बदलाबकाबारेमा पनि कुराकानी भयो, चीन नेपालसँगको पुरानो सम्बन्धलाई कायम राख्दै मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउन चाहन्छ भन्ने कुरा चिनियाँ पक्षबाट आएको छ ।” नेपाल र चीनले एक अर्काको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने बारेमा छलफल भएको भन्दै विदेश विभाग प्रमुख भट्टराईले चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको बताए। नेपाल चीनका लागि एक महत्वपूर्ण र भरपर्दो साझेदारको रुपमा चीनले लिँदै आएको कुरा लिउले उल्लेख गरे। 
 
छलफलमा नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्ने चीनको चाहनाप्रति एमाले अध्यक्ष ओलीले नेपाली भूमि कुनै हालतमा चीन विरोधी गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको जानकारी दिए । भट्टराईले भने, “नेपालले अरु राष्ट्रसँग कस्तो सम्बन्ध राख्छ, त्यसमा चीनले चासो राख्दैन, तर चीनसँग नेपालको जुन सम्बन्ध विगतमा थियो, त्यो सम्बन्ध निरन्तर रहन्छ भन्ने चीनको नीतिबारे प्रष्ट पारे ।”
 
चीनको कम्युनिष्ट पार्टीले चीनको हितमा काम गर्ने र नेपालको कम्युनिष्ट पार्टीले नेपालको हितमा काम गर्ने भएकाले यहाँका कम्युनिष्ट पार्टीलाई चीनले यसो गर उसो गर नभन्ने चीनको धारणा रहेको भट्टराईले बताए । भेटवार्तामा अध्यक्ष ओलीसँग नेताहरु प्रदीप ज्ञवाली, विष्णु रिमाल र भट्टराईलगायत सहभागी थिए । चार दिने नेपाल भ्रमणको क्रममा लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिसक्नु भएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: