काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् ।
दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ ।
यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ । सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ ।
पूर्ववत् प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचर नै पुन: प्रयोग गरिएको छ । थोरै नयाँ थपिएका छन् । खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणाअनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका लागि गर्नुभएको आग्रहअनुसार व्यवस्थापन गरिएको कर्मचारी बताउँछन्
बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्षसमेत तयार पारिएको छ । यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ । यद्यपि ती कक्षहरूमा रङ्गरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ । सांसद सङ्ख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएका छन् ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्था अल्पकालीन भए पनि संसद् सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: