Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

रूस-यूक्रेन युद्धका कारण जी-२० को अर्थमन्त्री स्तरीय वार्ता ओझेलमा

खबरडबली संवाददाता

काठमाडौं । रूस–यूक्रेन युद्धले जी–२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भएको शनिबार सम्पन्न २० प्रमुख अर्थतन्त्रको समूहका वित्त मन्त्रीहरूको दुई दिने बैठक समाप्त भएको छ । 

समूहको वैठकपछि संयुक्त विज्ञप्ति जारी गरी छलफलमा भएका निर्णयबारे सार्वजनिक गराउने परम्परा छ । यद्यपि युद्धका कारण उक्त समूहका सदस्यहरूबीच एक मत हुन नसकेपछि संयुक्त विज्ञप्तिविना नै बैठक टुङ्गिएको छ । 

इन्डोनेसियाको बालीमा भएको वार्ताको क्रममा वित्त प्रमुखहरूले खाद्य तथा ऊर्जा संकटहरूको समाधान खोजेका बताइएको छ । तर बैठकका सहभागीहरूले रूसी प्राविधिकहरूले समस्याहरूलाई झनै चर्काएको आरोप लगाए ।

अमेरिकी वित्तमन्त्री जेनेट येलेन, अस्ट्रेलियाका जिम चालमर्स र क्यानाडाका क्रिस्टिया फ्रिल्यान्डले शुक्रबार यूक्रेनमा गरिएको रूसी हस्तक्षेपमार्फत् भएको विश्व अर्थतन्त्रलाई प्रभावित पारिएको भन्दै यसको आलोचना गरे । 

औपचारिक विज्ञप्तिको सट्टा इण्डोनेशियाले जारी गरेको १४ अनुच्छेदको वर्णन जी–२० समूहको अध्यक्षता गरेका इन्डोनेसियाली वित्त मन्त्री मुल्यानी इन्द्रावतीले समापन सम्बोधनमा गरेका छन् । 

उनले अधिकांश दस्तावेजमा सहमति भएको बताइन् तर यसमा रहेका दुई अनुच्छेदले युद्धको प्रभाव र कसरी प्रतिक्रिया दिने भन्ने सन्दर्भमा सदस्यहरूको मतभेदमा केन्द्रित भएको छ । उनले भनिन्, “मेरो विचारमा यो नै सबैभन्दा राम्रो परिणाम हो ।” 

वार्ताको दोस्रो दिनको सुरुमा, इन्डोनेशियाका केन्द्रीय बैंकका गभर्नर पेरी वारजियोले कोभिड–१९ महामारीबाट पीडित विश्व अर्थतन्त्रलाई पुनः स्थापित गर्नमा ध्यान केन्द्रित गर्न मन्त्री तथा विश्वव्यापी वित्त नेताहरूलाई आह्वान गरे ।
 
वार्ताको दोस्रो दिनको सुरुमा, इन्डोनेशियाका केन्द्रीय बैंकका गभर्नर पेरी वारजियोले कोभिड–१९ महामारीबाट पीडित विश्व अर्थतन्त्रमा पुनः स्थापनामा ध्यान केन्द्रित गर्न मन्त्री तथा विश्वव्यापी वित्त नेताहरूलाई आह्वान गरे ।

अन्तरराष्ट्रिय मुद्रा कोषले आफ्नो विश्वव्यापी वृद्धि पूर्वानुमानमा कमी आएपछि यो बैठक भएको हो । अमेरिकी मुद्रास्फीतिले मन्दीको डर उत्पन्न गर्दा यो महिनामा विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण गरिएको छ ।

युक्रेन युद्धले विश्व बजारलाई चर्काएको, खाद्यान्नको मूल्य बढेको र मुद्रास्फीतिलाई तोडेको अवस्थामा वित्तमन्त्रीस्तरीय छलफल ओझेलमा परेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending