बाँके । बाँकेमा कुनै पनि राजनीतिक दलले स्थानीय तह निर्वाचन २०७९ मा खर्च भएको विवरण बुझाएका छैनन् ।
निर्वाचन कार्यालयले सूचना प्रकाशन गरेर गत असार ११ गतेसम्म स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण बुझाउन उम्मेदवारलाई आग्रह गरेको थियो ।
तर म्याद सकिएको लामो समय भइसक्दा पनि कुनै दलले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख रमा पन्तले जानकारी दिए ।
“उहाँहरुले स्थानीय तह निर्वाचनको समयमा नै खर्च विवरण बुझाउनु भएन, अब जरिवाना लाग्छ”, उनले भने।
प्रमुख पन्तले दलहरुलाई यस विषयमा सबै जानकारी भएको उल्लेख गर्दै खर्च विवरण बुझाउने उनीहरुको दायित्व भएको बताए।
“हामीले बारम्बार ताकेता गरेका थियौँ तर उहाँहरु केही घर बनाउने काममा लागेको र केही अन्य काममा व्यस्त भएको पाइयो”, प्रमुख पन्तले भने।
स्थानीय तह निर्वाचनमा जीत हासिल गरेका र पराजित भएका सबैले स्थानीय तहको निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्छ ।
बाँकेमा केही प्रमुख राजनीतिक दलले खर्च विवरण बुझाउन फाराम लिएर गए पनि निर्वाचन कार्यालयमा नबुझाएको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत २९ दल दर्ता भएकामा स्थानीय तहको निर्वाचनमा २४ दल सहभागी भएका थिए । खर्च विवरण नबुझाएका उम्मेदवारलाई कति जरिवाना तोक्ने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: