काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मार्न र ती शिविरका पाल निकाल्न थालेको छ।
प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए।
बीबीसीका भिडिओ पत्रकारलाई एक जना सेनाले कुटपिट गरेका छन् भने अर्काले उनको फोन खोसेर त्यसमा रहेका भिडिओ हटाइ दिएका छन्।
रनिल विक्रमसिङ्घले राष्ट्रपति पदको शपथ लिएपछि यस्तो घटना भएको हो। श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबय राजपक्षले गत साता देश छोडेर भागेका थिए।
पूर्व प्रधानमन्त्री समेत रहेका विक्रमसिङ्घ जनतासामु अलोकप्रिय नेता हुन्। उनले प्रदर्शनकारीहरू विरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन्।
केही प्रदर्शनकारीहरूले भने उनलाई मौका दिने बताएका छन्।
चरम आर्थिक सङ्कटमा परे पछि श्रीलङ्कामा महिनौँदेखि व्यापक अशान्ति छाएको छ। धेरैले राजपक्ष प्रशासनले देशको वित्तीय व्यवस्थापन सही ढङ्गमा नगरेको दोष लगाएका छन् र विक्रमसिङ्घलाई पनि समस्याको एक कारकको रूपमा हेर्छन्।
उनले संसद्को मत जितेको भोलिपल्ट सडकमा प्रदर्शनहरू भए।
शपथ लिए लगत्तै विक्रमसिङ्घले सरकार ढाल्ने वा सरकारी भवनहरू कब्जा गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक गतिविधि नभएको स्पष्ट पारे र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिए।
प्रदर्शनकारीहरूमा सरकारले आफू विरोधी आन्दोलनलाई क्रमबद्ध ढङ्गले बन्द गर्न सक्ने चिन्ता थियो।
नयाँ राष्ट्रपतिको लक्ष्य
विक्रमसिङ्घले राजनीतिक स्थायित्व पुनर्स्थापना गर्ने लक्ष्य लिएका छन्। देशलाई अभूतपूर्व आर्थिक सङ्कटबाट जोगाउन तीन अर्ब डलर बराबरको 'बेलआउट प्याकेज'का निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता पुनः सुरु गर्ने उनको उद्देश्य हो।
खाद्यान्न, इन्धन र अन्य आधारभूत आपूर्तिहरूको तीव्र अभावको सामना गरिरहेको त्यस देशमा महिनौँदेखि विरोध प्रदर्शन भइरहेको छ।
राजपक्ष र विक्रमसिङ्घको राजीनामा माग गर्दै गत साता हजारौँ प्रदर्शनकारीले र्याली निकालेका थिए।
प्रदर्शनकारीहरूले आफ्नो सरकारी निवासमा आक्रमण गरेपछि राजपक्ष जुलाई १३ को बिहान देश छोडेर भागेका थिए। सुरुमा मालदिभ्स पुगेका उनी त्यसपछि सिङ्गापुर गए र त्यहाँबाट आधिकारिक रूपमा राजीनामा दिए।
यद्यपि, विक्रमसिङ्घले भने राजीनामा दिएनन्। राजपक्ष देश छोडेर भागेपछि उनैले कार्यवाहक राष्ट्रपतिको भूमिका बहन गरेका थिए। कार्यवाहक नेता नियुक्त भएसँगै उनले देशका सेनालाई सार्वजनिक सुव्यवस्था पुनर्स्थापना गर्न "आवश्यक पर्ने सबै कार्य गर्न" आदेश दिए।
उनले देशमा भड्किएको अशान्ति रोक्न भन्दै यो साता पनि देशमा आपत्काल जारी रहेको घोषणा गरे।
छ पटक प्रधानमन्त्री भएका विक्रमसिङ्घ दुई पटक राष्ट्रपति बन्ने दौडमा पछि परेका थिए। अब उनले सन् २०२४ को नोभेम्बरसम्म राष्ट्रपतिको बाँकी कार्यकाल पूरा पाउने छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...




प्रतिकृया लेख्नुहोस्: