भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ ।
दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एकजनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका–४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेहरुमा भक्तपुर–१० कमलविनायकका १९ वर्षीय रितिक वासुकला, चानपा–४ चाँगुका १८ वर्षीया निशा लिगल, काठमाडौं –१०, बुद्धनगरका ६८ वर्षीय पदमप्रसाद योजु, रामेछापको दोरम्वा गापा–७ घर भई हाल सूर्यविनायक नपा–८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक बस्ने १६ वर्षीय आकाश वाइवा र भक्तपुर नपा–७ का १८ वर्षीय सिम्रन लागेजु छन् ।
उनीहरुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।
त्यसैगरी उदयपुरको लिचुङ्गु गापा–१ भई हाल काठमाडौंको स्वयम्भु बस्ने ४१ वर्षीय नीलबहादुर राई, पर्वतको जलजला गापा–७ घर भई हाल काठमाडौंको शङ्खमूल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथरको याङ्गवरक गापा–३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बू, पाँचथरको याङ्गवरक गापा–३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बू, पर्वतको फलेवास नपा–२ घर भई हाल काठमाडौंको वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर–८ जेलाकी ४८ वर्षीया लक्ष्मी दुवालसमेत घाइते भएका छन् । उनीहरुको भक्तपुर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले घाइतेको उपचारको व्यवस्था तत्काल मिलाउन निर्देशन दिएका छन्।
मन्त्रीको निर्देशनपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलगायत टोलीले अस्पतालमा उपचार गराइरहेका घाइतेलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका थिए।
यस्तै प्रतिनिधिसभामा भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद प्रेस सुवालले संसद्मा बोल्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग माग गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...




प्रतिकृया लेख्नुहोस्: