Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पाकिस्तानमा वर्षा र बाढीले कम्तिमा सय जनाको मृत्यु, ५७ घाइते

खबरडबली संवाददाता

काठमाडौं । भारी वर्षाका कारण पाकिस्तानमा १०० जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन्  । 

देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आएको भारी वर्षा र बाढीले अन्य थुप्रै विस्थापित भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार सो प्रान्तमा हालैको भारी वर्षाका कारण जम्मा ६ हजार ६३ घर भत्किएका छन् भने ५५० किलोमिटर सडक ट्र्याक भत्किएको छ ।

त्यसैगरी भारी बर्षाका कारण ७१२ भन्दा बढी जनावरको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रदेशमा अझै भारी वर्षा हुने पूर्वानुमान सँगै सरकारले एक महिनाका लागि आपत्कालीन धारा १४४ लागू गरेको थियो ।

सो धारा लागू भएसँगै मानिसहरूलाई नदी,  बाँध र अन्य जलाधार क्षेत्रमा बनभोज लगायातका अन्य मनोरञ्जनात्मक जमघट गर्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ  । 

साथै एनडीएमएले  प्रदेशको प्रभावित क्षेत्रमा राहत सामग्री उपलब्ध गराएको  छ । हालैको अविरल वर्षाका कारण २ हजार ५ सयभन्दा बढी घर पूर्णरूपमा र १ हजार ४ सय १७ घरमा आंशिक क्षति पुगेको पीडीएमएको प्रतिवेदनले  उल्लेख गरेको छ ।

यसअघि पाकिस्तानको मौसम विभागले शुक्रबारदेखि मङ्गलबारसम्म प्रान्तका विभिन्न जिल्लामा थप भारी वर्षा हुने पूर्वानुमान गर्दै सबै सम्बन्धित निकायलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउँन सुझाव दिएको थियो।  

पछिल्ला केही दिनयता पाकिस्तानमा भारी वर्षाका कारण विद्युतीय करेन्ट लागेका थुप्रै घटनाहरू सार्वजनिक भएका छन्।

वर्षाको पानी मुख्य सडकमा जम्मा भई सवारी आवागमनमा समस्या भएको छ भने जम्मा भएको पानीले धेरै सवारीसाधनहरू बिग्रिएको अवस्थामा छन् । अविरल वर्षाले थुप्रै घर र गाउँ डुबानमा परेका छन् भने विभिन्न बाली र पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।  

सडक भत्किएसँगै दुर्गम क्षेत्रहरूसँगको सम्बन्ध र सम्पर्क समेत विच्छेद भएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending