Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

महाकाली सन्धिको अढाइ दशक : नेपालले नहर निर्माण थाल्यो, भारततर्फ टुंगो छैन

६ महिनामै गर्ने शर्त तर, भारतीय पक्षले २७ वर्षसम्म पनि गरेन

खबरडबली संवाददाता

महेन्द्रनगर । नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो । 

महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने छ । 

तर भारतले निर्माण गर्ने नहरको अझै टुङ्गो छैन । नेपालले यसैवर्षदेखि आफ्नोतर्फ नहर निर्माण गर्ने भएको छ ।  

महाकाली पारीको दोधारा–चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले शारदा बैराज (नहर)बाट सन्धिअनुसार पानी उपलब्ध गराउनुपर्ने छ । 

सन्धि भएको २७ वर्ष वित्दा समेत भारतले शारदा नहरबाट दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । नेपाल–भारत सीमासम्म भारतले एक हजार १०० मिटर मूल नहरसँगै अन्य संरचना समेत निर्माण गर्नुपर्ने हुन्छ । 

डेढ दशकअघिदेखि ब्रह्मदेव क्षेत्रबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर निर्माण थाले पनि आयोजनाले पनि दोधारा चाँदनीतर्फ मूल नहर बनाउनुपर्ने विषय प्राथमिकतामा राख्न सकेको थिएन । 

पछिल्लो समय सिँचाइ आयोजना आफ्नो भूमिमा मूल नहर निर्माण गर्न अग्रसर भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनियर शम्भु पण्डितले दोधारा चाँदनीमा चालु आर्थिक वर्षमा नै नहर निर्माण गर्ने गरी तयारी भइरहेको बताए ।

“भारतीय पक्षले सन्धिअनुसार त्यहाँ बनाउनुपर्ने नहर र संरचना निर्माण गर्न कुनै सुरसार गरेको छैन”, उनले भने, “नेपाल–भारतका अधिकारीबीच हुने संयुक्त बैठकमा उक्त विषयमा छलफल हुने गरेको भए पनि निकास भने दिइएको छैन ।” 

सन्धिअनुसार भारतले दोधारा चाँदनीलाई तीन हजार ५०० हेक्टर क्षेत्रफलका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने हो । सन्धिको ४ नं बुँदामा दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउनुपर्ने विषय समेटिएको छ ।

“बुदा नं ३ मा पञ्चेश्वर परियोजनाको विषय रहेकाले बुँदागतरूपमा कार्यान्वयन गरौँ भन्नेमा भारतको जोड देखिन्छ”, सिँचाइ स्रोतले भन्यो, “पञ्चेश्वर नबन्दासम्म दोधारा चाँदनीलाई पानी दिने विषयमा भारतीय पक्ष तयार देखिँदैन ।” 

यता सिँचाइ आयोजनाले भने भारतमाथि दबाब बढाउन पनि आफ्नो भूमिमा एक हजार २०० मिटर मूल नहर निर्माणको काम अघि बढाउँदै छ ।

“नहर खनिने क्षेत्रको मुआब्जाका लागि सूचना सार्वजनिक गरिसकेका छौँ”, इञ्जीनियर पण्डितले भने, “चालु आर्थिक वर्षमा ठेक्का प्रक्रिया सकेर ५०० मिटर नहर बनाइसक्ने गरी योजना अघि बढाएका छौँ ।” 

वर्षात्मा हरेक वर्ष महाकाली र जोगबुढा नदीको बाढीको त्रास दोधारा–चाँदनीका बासिन्दालाई रहन्छ । बाढीमा पानी उपलब्ध हुने गरेपनि आवश्यक पर्दा भने त्यहाँका बासिन्दाले बोरिङको पानीको सहारा लिनुपर्ने बाध्यता छ ।

“छेउमै महाकाली बगेर के गर्नु, हामीलाई एक थोपा पानी छैन”, दोधारा चाँदनी नगरपालिका–१ का नरबहादुर थापाले भने, “६ महिनामै गर्ने काम भारतीय पक्षले २७ वर्षसम्म पनि अघि बढाएको छैन ।” 

उनले शारदा नहरबाट पानी उपलब्ध गराउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । झण्डै २६ हजार मतदाता रहेको दोधारा–चाँदनी कुनै समय कञ्चनपुरकै विकट क्षेत्रका रुपमा चिनिन्थ्यो । महाकाली नदीमा एशियाकै लामो झोलुङ्गे पुल बनेपछि उक्त क्षेत्र मुलुकको मूलप्रवाहमा आएको छ । 

हाल महाकाली नदीमा चार लेनको पक्की पुल बन्दै छ । दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्ने भएपछि सो क्षेत्रको मुहार नै फेरिएको छ । भारतले पनि सुक्खा बन्दरगाह र चार लेनको पक्की पुलसित सडक सञ्जाल विस्तार गरे दोधारा–चाँदनी सुदूरपश्चिम प्रदेशको आर्थिक नाकाको रुपमा चिनिने निश्चित छ । 

दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बू दोधारा चाँदनीमा नहर निर्माणको काममा ढिलाइ गर्न नहुने बताउँछन्। 

“नहर निर्माणपछि किसानलाई खेतीपाती गर्न सहज हुन्छ”, उनले भने, “नहर निर्माणपछि आकासे पानी र बोरिङका भरमा बस्नुपर्ने बाध्यता हट्नेछ ।”

नेपालले ब्रह्मदेव क्षेत्रबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत हालसम्म झण्डै २८ किलोमिटर मूल नहर निर्माण गरेको छ । विसं २०६४ देखि उक्त नहर निर्माण गर्न थालिएको हो । भारतीय पक्षले भने नेपाल सीमासम्म भर्खरै एक हजार दुई सय मिटर नहर निर्माण गरेको छ । 

भारतले उक्त नहर दुई वर्षमा निर्माण गरेको हो । अब चाँडै उक्त नहरमा महाकालीको पानी बग्ने आयोजनाले जनाएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE