Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

इराकमा संसद भवनमै छिरे प्रदर्शनकारी, कोहीले नाचगान गरे, कोही टेबलमै सुते !

खबरडबली संवाददाता

काठमाडौं । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्।

धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्।

गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो।

प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्।

इराक प्रदर्शनकारी

प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो।

यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन्।

सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ।

इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्।

भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो।

त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन।

इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो।

तर आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेन।

प्रदर्शन

उनी सहित उनका समर्थकहरूले अहिले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानीको विरोध गरेका हुन्। उनीहरू सुदानीलाई इरानसँग धेरै नजिक रहेको ठान्छन्।

कुनै समय तेलको धनी राष्ट्र इरानले सामना गरिरहेका धेरै सङ्कटहरू मध्ये बुधवारको घटना पनि एक हो।

सन् २०१९ मा पनि इराकमा भ्रष्ट्राचार, बेरोजगारी र सार्वजनिक सेवाको बेतिथिबारे ठूलो प्रदर्शन भएको थियो।

ह्युमन राइट्स वाचका अनुसार उक्त प्रदर्शनमा सुरक्षाकर्मीले सयौँको हत्या गरेका थिए।

सन् २०१६ मा पनि सदरका समर्थकहरू संसद् भवन प्रवेश गरेका थिए।

इराकस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले प्रदर्शन कानुन सम्मत र शान्तिपूर्ण रहेसम्म प्रदर्शनकारीहरूलाई प्रदर्शन गर्न पाउने अधिकार रहने बताएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy