Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

रुससँगको सम्झौतापछि विश्व खाद्य संकट रोकथामको प्रयासमा युक्रेन

फेब्रुअरीयता रुसले युक्रेनी बन्दरगाहहरूमा गरेको नाकाबन्दी कायमै

अन्न बोकेको युक्रेनी जहाज
खबरडबली संवाददाता

काठमाडौं । रुससँग ऐतिहासिक सम्झौता भएलगत्तै अन्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट प्रस्थान गरेको छ। ओडेसाबाट ब्ल्याक सी हुँदै दक्षिणतर्फ जहाज बढेको हो।

टर्की र युक्रेनी अधिकारीहरूले बताएअनुसार स्थानीय समय अनुसार सोमवार बिहान उक्त जहाज युक्रेनको दक्षिणी बन्दरगाह छोडेको थियो।

गत फेब्रुअरीयता रुसले युक्रेनी बन्दरगाहहरूमा नाकाबन्दी कायम गरेको छ। तर दुवै पक्षले सम्झौता गर्दै सामुद्रिक आयात तथा निर्यात जारी राख्ने निर्णय गरेका छन्।

सियरा लियोनमा दर्ता भएको ठूलो पानीजहाज रजोनीले संयुक्त राष्ट्रसङ्घ र टर्कीले वार्तामार्फत् तय गरेको सुरक्षित मार्गको कडा नियम पालना गरेको छ।
उक्त जहाजले २६,००० टन मकै ढुवानी गरिरहेको छ। लेबनन जाने उक्त पानीजहाजको मङ्गलवार इस्तानबुलमा संयुक्त जाँचपड्ताल हुनेछ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले विश्व खाद्य सुरक्षालाई राहत दिन अति आवश्यक अन्नको यस्तै निर्यात आउँदा दिनमा थप हुने आशा व्यक्त गरे।

खाद्य अभावका लागि जिम्मेवार रुसले आफूले नाकाबन्दी नगरेको बताउँदै आएको छ र अहिलेको कदमको स्वागत गर्दै युक्रेनले आउँदा दिनमा शर्तहरूमा कायम रहने आशा व्यक्त गरेको छ।

"हाल युक्रेनले आफ्नो अन्य साझेदारसँग मिलेर विश्व खाद्य सङ्कट रोकथाम गर्न महत्त्वपूर्ण कदम चालेको" युक्रेनी पूर्वाधारमन्त्री एलेक्जेन्डर कुब्राकोभले फेसबुकमा लेखेका छन्।

"बन्दरगाहहरू पुनः सञ्चालन गर्नुले कम्तीमा पनि एक अर्ब अमेरिकी डलर बराबरको राजश्व युक्रेनी अर्थतन्त्रमा योगदान पुर्‍याउँछ र आगामी कृषि क्षेत्रको थप विकासका लागि मार्ग प्रशस्त गरेको छ।"

रजोनीजस्ता जहाज पहिले युद्धपोत हिँड्ने ब्ल्याक सीमा देखिनुले घटनाक्रममा उल्लेख्य विकास भएको सङ्केत गर्छ।

तर सामान बोक्ने यी जहाजहरू सञ्चालन गरिने कार्य दीर्घकालसम्म सञ्चालन हुनुपर्छ। त्यसो भएमा युक्रेनको ध्वस्त भएको अर्थतन्त्र र संसारभरिका लाखौँ मानिसले लाभ उठाउन सक्छन्।

कुब्राकोभले अन्य १६ जहाजहरू ओडेसा जस्तै युक्रेनको दक्षिणी बन्दरगाहरूबाट बाहिरिन तयार रहेको बताएका छन्।
ओडेसासँगै चोर्नोमोर्स्क र पिभडेन्नी निर्यातका लागि खुला रहने प्रमुख बन्दरगाह बन्ने अनुमान गरिएको छ।

पछिल्लो महिना तय गरिएको सम्झौता, जसलाई संयुक्त राष्ट्रसङ्घ र टर्कीले मध्यस्थता गरेको थियो त्यसको टुङ्गोमा पुग्न दुई महिना लाग्यो र १२० दिनका लागि लागू हुने री सम्झौता गरियो।

युक्रेन र रुस सहमत भएको खण्डमा सम्झौता नवीकरण गर्न सकिने जनाइएको छ।

युक्रेनी अन्नमाथि लगाइएको नाकाबन्दीका कारण विश्वव्यापी खाद्य सङ्कट निम्त्याएको छ। फलस्वरूप पास्ता, पाउरोटीजस्ता गहुँजन्य उत्पादनहरूको मूल्यवृद्धि भएको छ। साथै खाने तेल र कृषि मलहरूको पनि मूल्य बढेको छ।

रुस र युक्रेनले संयुक्त रूपमा विश्वको एक तिहाइ गहुँ उत्पादन गर्छ। संयुक्त राष्ट्रसङ्घको एउटा तथ्याङ्कअनुसार सन् २०१९ मा युक्रेनले विश्वको १६ प्रतिशत मकै र ४२ प्रतिशत सूर्यमुखी तेल उत्पादन गरेको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE