Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी, हालसम्म २४ जनाको मृत्यु

अग्निनियन्त्रकहरूले आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन्।
खबरडबली संवाददाता

काठमाडौं । क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै यो साता त्यहाँ लागेको आगो फेरि उग्र रूपले फैलने ठानिएको छ।

अग्नि नियन्त्रकहरू झन्डै एक सातादेखि उक्त डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्। यसबीचमा उनीहरूले तीनवटा डढेलो नियन्त्रण गर्ने काममा उल्लेख्य प्रगति गरेको बताइएको छ

सप्ताहान्तमा हावाको वेग तुलनात्मक रूपमा केही शान्त रहे तापनि सुक्खा हावासहितको निकै खराब सेन्टा एना वायु आइतवार रातिबाट बुधवारसम्म सक्रिय हुने भन्दै चेतावनी दिएका छन्।

उक्त हुरीको गति प्रतिघण्टा ९६ किलोमिटरसम्मको हुन्छ। गत मङ्गलवारदेखिको यस विपद् नियन्त्रणको प्रयासमा जुटेका स्थानीय अग्निनियन्त्रकहरूलाई अन्य आठ राज्यका साथै क्यानडा र मेक्सिकोका सहायताकर्ताहरूले साथ दिइरहेका छन्।

लस एन्जलस सहरका स्वास्थ्य अधिकारीहरूले आइतवारसम्म मृतकको सङ्ख्या २४ पुगेको बताएका छन्।
अधिकारीहरूले यसअघि १६ जनाको हराइरहेको बताएका थिए।

यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा बढ्ता आर्थिक क्षति गराउनेमध्येमा समेत पर्ने देखिएको छ।

आइतवार मूल्याङ्कनकर्ताहरूले यसको प्रारम्भिक क्षतिको अनुमानलाई बढाउँदै त्यो २५० देखि २७५ अर्ब अमेरिकी डलरबीच हुने बताएका छन्।

अग्नि नियन्त्रकहरू ठूला आगलागी नियन्त्रणमा लिने प्रयास सुरु गर्दै गर्दा अधिकारीहरूले आउन लागेको नयाँ हुरीले "सम्भावित रूपमा विनाशकारी हावा" सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्। पूरै एलए काउन्टीलाई सजग अवस्थामा राखिएको छ।

"दुर्भाग्यवश हामी अब र बुधबार बीचमा केही सम्भावित विनाशकारी हावाको अवस्थाका कारण 'रेड फ्ल्याग'को अवस्थामा फर्किरहेका छौँ। मङ्गलवार सबैभन्दा ठूला हुरी आउने अपेक्षा गरिएको छ," पसाडेना अग्नि प्रमुख चाड अगस्टिनले बीबीसीलाई भने।

"हामीले केही प्रगति गरिरहे पनि यसको अन्त्य अझै नजिक पनि छैन," उनले भने। एलए सहरका अग्नि नियन्त्रण सम्बन्धी प्रमुख क्रिस्टिन क्रोलेले घर छाड्नुपर्ने हुन सक्ने अवस्थामा राखिएका मानिसहरूलाई चेतावनी जारी हुँदाका अवस्थामा भाग्नका लागि तयार रहन आग्रह गरेका छन्।

उनले सहायताकर्ताहरूलाई अवरोध नहुनका लागि सक्दो सडक र आसपास नरहन आग्रह गरेका छन्। सअनिवार्य रूपमा खाली गराइएका क्षेत्रबाट लुटपाटमा संलग्न कम्तीमा २९ जना मानिसहरूलाई पक्राउ गरिएको छ जसमध्ये दुईजना अग्नि नियन्त्रकको पोसाकमा थिए।

अधिकारीहरूका अनुसार दक्षिण क्यालिफोर्निया क्षेत्रमा यतिखेर १४ हजार अग्नि नियन्त्रकहरू सक्रिय छन् जसलाई ८४ वटा विमान र १,३५४ वटा दमकलहरूले सघाइरहेका छन्।

अनिवार्य रूपमा घर छाड्नुपर्ने आदेशका कारण अन्यत्र सारिएका मानिसहरूको सङ्ख्या घटेर यतिखेर १ लाख पाँच हजार पुगेको छ। अझै ८७ हजार मानिसहरूलाई घर छाड्नुपर्ने हुन सक्ने भनिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending