काठमाडौं । क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै यो साता त्यहाँ लागेको आगो फेरि उग्र रूपले फैलने ठानिएको छ।
अग्नि नियन्त्रकहरू झन्डै एक सातादेखि उक्त डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्। यसबीचमा उनीहरूले तीनवटा डढेलो नियन्त्रण गर्ने काममा उल्लेख्य प्रगति गरेको बताइएको छ
सप्ताहान्तमा हावाको वेग तुलनात्मक रूपमा केही शान्त रहे तापनि सुक्खा हावासहितको निकै खराब सेन्टा एना वायु आइतवार रातिबाट बुधवारसम्म सक्रिय हुने भन्दै चेतावनी दिएका छन्।
उक्त हुरीको गति प्रतिघण्टा ९६ किलोमिटरसम्मको हुन्छ। गत मङ्गलवारदेखिको यस विपद् नियन्त्रणको प्रयासमा जुटेका स्थानीय अग्निनियन्त्रकहरूलाई अन्य आठ राज्यका साथै क्यानडा र मेक्सिकोका सहायताकर्ताहरूले साथ दिइरहेका छन्।
लस एन्जलस सहरका स्वास्थ्य अधिकारीहरूले आइतवारसम्म मृतकको सङ्ख्या २४ पुगेको बताएका छन्।
अधिकारीहरूले यसअघि १६ जनाको हराइरहेको बताएका थिए।
यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा बढ्ता आर्थिक क्षति गराउनेमध्येमा समेत पर्ने देखिएको छ।
आइतवार मूल्याङ्कनकर्ताहरूले यसको प्रारम्भिक क्षतिको अनुमानलाई बढाउँदै त्यो २५० देखि २७५ अर्ब अमेरिकी डलरबीच हुने बताएका छन्।
अग्नि नियन्त्रकहरू ठूला आगलागी नियन्त्रणमा लिने प्रयास सुरु गर्दै गर्दा अधिकारीहरूले आउन लागेको नयाँ हुरीले "सम्भावित रूपमा विनाशकारी हावा" सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्। पूरै एलए काउन्टीलाई सजग अवस्थामा राखिएको छ।
"दुर्भाग्यवश हामी अब र बुधबार बीचमा केही सम्भावित विनाशकारी हावाको अवस्थाका कारण 'रेड फ्ल्याग'को अवस्थामा फर्किरहेका छौँ। मङ्गलवार सबैभन्दा ठूला हुरी आउने अपेक्षा गरिएको छ," पसाडेना अग्नि प्रमुख चाड अगस्टिनले बीबीसीलाई भने।
"हामीले केही प्रगति गरिरहे पनि यसको अन्त्य अझै नजिक पनि छैन," उनले भने। एलए सहरका अग्नि नियन्त्रण सम्बन्धी प्रमुख क्रिस्टिन क्रोलेले घर छाड्नुपर्ने हुन सक्ने अवस्थामा राखिएका मानिसहरूलाई चेतावनी जारी हुँदाका अवस्थामा भाग्नका लागि तयार रहन आग्रह गरेका छन्।
उनले सहायताकर्ताहरूलाई अवरोध नहुनका लागि सक्दो सडक र आसपास नरहन आग्रह गरेका छन्। सअनिवार्य रूपमा खाली गराइएका क्षेत्रबाट लुटपाटमा संलग्न कम्तीमा २९ जना मानिसहरूलाई पक्राउ गरिएको छ जसमध्ये दुईजना अग्नि नियन्त्रकको पोसाकमा थिए।
अधिकारीहरूका अनुसार दक्षिण क्यालिफोर्निया क्षेत्रमा यतिखेर १४ हजार अग्नि नियन्त्रकहरू सक्रिय छन् जसलाई ८४ वटा विमान र १,३५४ वटा दमकलहरूले सघाइरहेका छन्।
अनिवार्य रूपमा घर छाड्नुपर्ने आदेशका कारण अन्यत्र सारिएका मानिसहरूको सङ्ख्या घटेर यतिखेर १ लाख पाँच हजार पुगेको छ। अझै ८७ हजार मानिसहरूलाई घर छाड्नुपर्ने हुन सक्ने भनिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०८:०५
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...




प्रतिकृया लेख्नुहोस्: