काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले नेकपा एमाले दक्षिणपन्थी पार्टी भएकाले काम नलाग्ने दाबी गरेका छन्।
वामपन्थबारे नेपाल अध्ययन केन्द्रले काभ्रमा शनिबार र आइतबार आयोजना गरेको छलफलमा उनले एमालेमै भएकाले त्यसबारे बोल्न नसकेको बताएका हुन्।
उनले भने, 'कम्युनिस्ट आन्दोलनमा सधैंभरि वामपन्थी र दक्षिणपन्थी हुन्छ। अहिले नेपालमा भएका सबै दक्षिणपन्थी कम्युनिस्टहरु हुन्। म पहिला माओवादी पार्टीमा थिएँ, अहिले एमालेमा छु, यो दक्षिणपन्थी कम्युनिस्ट हो। यो दक्षिणपन्थी कम्युनिस्टले कसलाई सम्वोधन गरेको छ त भन्दाखेरि अहिलेको यो जुन प्रतिस्पर्धात्मक बहुदलीय सिस्टम छ, संसदीय व्यवस्थासँग यसले आत्मसमर्पण गरेको छ।'
अहिले कुनै पनि पार्टी फरक नभएको उनको भनाइ छ।
उनले थपे, 'घनश्याम भुसालले एमालेभित्र र्याडिकल वामपन्थको दस्तावेज प्रस्तुत गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? म यसमा सहयोग गर्छु। राम कार्कीले माओवादीभित्र नयाँ दस्तावेज निकाल्न सक्नुहुन्छ कि सक्नुहुन्न? अहिलेका यी पार्टी कुनै काम लाग्दैनन्।'
परम्परागत एजेण्डामा काम गरिराखेका अहिले चाहिएको नयाँ मुद्दासहितको वामपन्थ कुनै नभएको उनको भनाइ छ। उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले जे भन्यो पार्टीमा त्यही हुने बताएका छन्।
'अहिले नयाँ मुद्दा चाहिएको छ। हामी एमालेमा छौं, एमालेसँग मुद्दा छैन। एमाले भएको नाताले हाम्रा बाले जे भने पनि त्यो त भन्नुपर्यो। पार्टीको नेता भएकाले हामीले विरोध गर्न मिल्दैन, त्यो अनैतिक हुन्छ' उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - ०९:०६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...
फाल्गुन २१ गते, २०८२ - ०८:५५
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...
फाल्गुन २१ गते, २०८२ - ०८:५१
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...
फाल्गुन २१ गते, २०८२ - ०८:४८
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...
फाल्गुन २१ गते, २०८२ - ०८:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...
फाल्गुन २१ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...
फाल्गुन २१ गते, २०८२ - ०७:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...
फाल्गुन २१ गते, २०८२ - ०७:५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...
फाल्गुन २१ गते, २०८२ - ०७:३९
मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...
फाल्गुन २१ गते, २०८२ - ०७:२८
काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...



प्रतिकृया लेख्नुहोस्: