Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

७५ करोडमा हेटौंडा-काठमाडौं २० किलोमिटर सडकखण्ड निर्माण थालनी

खबरडबली संवाददाता

काठमाडौं । मकवानपुरको हेटौंडादेखि काठमाडौं जाने सडकको करिब २० किलोमिटर खण्डको निर्माण सुरू भएको छ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले दुई खण्डमा गरेर ठेक्कामार्फत सडक निर्माण सुरू गरेको जनाएको छ।

आयोजनाका अनुसार हेटौंडादेखि काठमाडौंबीचको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकलाई दुई खण्ड गरेर २०.१५ किलोमिटर सडक करिब ७५ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको हो।

आयोजनाले छुट्याएको मकवानपुर सडकखण्डको १२.१५ किलोमिटर भागअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निर्माण तीव्र भइरहेको आयोजनाका इन्जिनियर किरण रन्जितले जानकारी दिए।

मकवानपुर सडकखण्डमा ४३ करोड ४१ लाख १६ हजार रूपैयाँ लागतमा रमण पिआर त्रिवेणी जेभी मूलपानी काठमाडौंले काम सुरू गरेको हो। यो सडकखण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इन्जिनियर रन्जितले जानकारी दिए।

यसैगरी काठमाडौं सडकखण्डको ८ किलोमिटर भागमा ३१ करोड ९३ लाख ११ हजार रूपैयाँको लागतमा रौता रामसागर जेभी काठमाडौंले काम गरिरहेको छ। यो कम्पनीसँग २०८० असार १० गतेसम्म सक्नेगरी सम्झौता भएको आयोजनाले जानकारी दिएको छ।

हाल दुवै खण्डमा कटिङ गर्ने, नाली र पर्खाल बनाउने, पिच गर्ने तथा दस मिटर बाटो फराकिलो पार्ने लगायत काम भइरहेको छ। कुल ८५ किलोमिटरको हेटौंडा-काठमाडौं सडकमा हाल साना सवारी साधन मात्र गुडिरहेका छन्। अब सडक निर्माण भएमा ठूला सवारी साधन पनि राम्रोसँग आउन र जान सक्ने बताइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending