Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

आमनिर्वाचनलाई निष्पक्ष, भयरहित, विश्वसनीय र मितव्ययी बनाइनेछ– प्रमुख निर्वाचन आयुक्त

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आयोगद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन, २०७९ निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा आयोगले निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरूपमा निर्वाचन सफल बनाउने दृढता व्यक्त गरेको हो । 

आयोगले गत स्थानीय तहको निर्वाचनमा दुर्गम गाउँबस्तीका अशिक्षित जनताको तुलनामा सहरी क्षेत्रका शिक्षित जनताबाट मतदान कम भएकामा चिन्ता व्यक्त गर्दै त्यसतर्फ  जिम्मेवार आमसञ्चार माध्यमको ध्यान जानुपर्नेमा जोड दिएको छ ।
 
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समयावधि कम भएकाले गत स्थानीय तहको निर्वाचनमा सोचेजति काम गर्न नसकिएको स्पष्ट गर्दै यसअघिका राम्रा पक्षलाई समेत समेटेर आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरल, सहज र मितव्ययी ढङ्गबाट सम्पन्न गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनको सर्वमान्य सिद्धान्त अवलम्बन गरी सबैलाई समान व्यवहार गर्ने गरी कामकारवाही हुनेछ, बढीभन्दा बढी जनताको सहभागितमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध आयोगले सम्बद्ध सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ ।”
 
प्रमुख निर्वाचन आयुक्त थपलियाले आमसञ्चार माध्यमसहित राज्यका जिम्मेवार सबै निकायसँग साझेदारी र सहकार्य गरी आसन्न आमनिर्वाचन सम्पन्न गर्ने पक्षमा आयोग रहेको स्पष्ट गर्नुभयो । निर्वाचन प्रचारप्रसारका क्रममा राज्यद्वारा सञ्चालित आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले आफ्नो स्रोतसाधनको अधिकतम सदुपयोग गरी निर्वाचन प्रक्रियामा सरिक हुन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय समाचार समिति ९रासस०, गोरखापत्र संस्थान, रेडियो नेपालजस्ता सार्वजनिक सञ्चार माध्यम नेपालको लोकतान्त्रिक इतिहासको जिउँदो साक्षी रहेको चर्चा गर्दै आसन्न निर्वाचनमा पनि मुलुकका जिम्मेवार आमसञ्चार माध्यमबाट स्वस्फूर्त रूपमा साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन कार्यतालिकाअनुसार अब द्रुतगतिमा निर्वाचन कार्यक्रमअघि बढ्ने बताउँदै आसन्न आमनिर्वाचनलाई ऐतिहासिकरूपमा सम्पन्न गर्ने काममा मुलुकका जिम्मेवार सार्वजनिक सञ्चार माध्यमबाट यसअघि जस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  

निर्वाचन आयुक्त सगुन शम्सेर राणाले निर्वाचन आयोगसँग सम्बन्धित संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुअघि पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । 

राससका महाप्रबन्धक सिद्धराज राईले गत स्थानीय तहको निर्वाचनलाई प्राथमिकता दिई समाचार सामग्री प्रयोग गरेको जानकारी दिँदै आसन्न आमनिर्वाचनसम्बन्धी समाचार सम्प्रेषण प्रक्रियालाई प्रभावकारी बनाउन छिट्टै अभिमुखीकरण तालिम आयोजना गर्न लागेको बताउनुभयो । 

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले आमनिर्वाचन सम्पन्न गर्ने अभिभार पूरा गर्न आफ्नो तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले राष्ट्रव्यापी रूपमा पहुँच भएको रेडियो नेपाल समाचार सामग्रीसहित सन्देशमूलक कार्यक्रम प्रसारण गरी प्रचारप्रसारमा सक्दो भूमिका निर्वाह गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । 

विज्ञापन बोर्डका प्रमुख लक्ष्मण हुमागाईंले गत स्थानीय तहको निर्वाचनका क्रममा आचारसंहिता विपरीत भएका गतिविधिबारे जानकारी दिँदै पर्चा, पम्पप्लेट, ब्यानरको तुलनामा केही राजनीतिक दलले सामाजिक सञ्जालको दुरुपयोग गरेको बताए । 

गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराईले निर्वाचनसम्बन्धी सामग्रीलाई गोराखापत्र र दि राइजिङ नेपाल दैनिकसहित अनलाइन पोर्टलबाट समेत व्यापकरूपमा प्रचारप्रसार गरेको जानकारी दिँदै आगामी आमनिर्वाचनसम्बन्धी समाचारलाई पनि प्राथमिकता दिई सम्प्रेषण गर्ने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending