Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

आमनिर्वाचनलाई निष्पक्ष, भयरहित, विश्वसनीय र मितव्ययी बनाइनेछ– प्रमुख निर्वाचन आयुक्त

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आयोगद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन, २०७९ निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्नेक्रममा आयोगले निर्वाचनका क्रममा यसअघि प्राप्त रायसुझाव, प्रतिक्रिया र असल अभ्यासलाई समेटेर ऐतिहासिकरूपमा निर्वाचन सफल बनाउने दृढता व्यक्त गरेको हो । 

आयोगले गत स्थानीय तहको निर्वाचनमा दुर्गम गाउँबस्तीका अशिक्षित जनताको तुलनामा सहरी क्षेत्रका शिक्षित जनताबाट मतदान कम भएकामा चिन्ता व्यक्त गर्दै त्यसतर्फ  जिम्मेवार आमसञ्चार माध्यमको ध्यान जानुपर्नेमा जोड दिएको छ ।
 
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समयावधि कम भएकाले गत स्थानीय तहको निर्वाचनमा सोचेजति काम गर्न नसकिएको स्पष्ट गर्दै यसअघिका राम्रा पक्षलाई समेत समेटेर आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरल, सहज र मितव्ययी ढङ्गबाट सम्पन्न गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनको सर्वमान्य सिद्धान्त अवलम्बन गरी सबैलाई समान व्यवहार गर्ने गरी कामकारवाही हुनेछ, बढीभन्दा बढी जनताको सहभागितमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध आयोगले सम्बद्ध सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ ।”
 
प्रमुख निर्वाचन आयुक्त थपलियाले आमसञ्चार माध्यमसहित राज्यका जिम्मेवार सबै निकायसँग साझेदारी र सहकार्य गरी आसन्न आमनिर्वाचन सम्पन्न गर्ने पक्षमा आयोग रहेको स्पष्ट गर्नुभयो । निर्वाचन प्रचारप्रसारका क्रममा राज्यद्वारा सञ्चालित आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले आफ्नो स्रोतसाधनको अधिकतम सदुपयोग गरी निर्वाचन प्रक्रियामा सरिक हुन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय समाचार समिति ९रासस०, गोरखापत्र संस्थान, रेडियो नेपालजस्ता सार्वजनिक सञ्चार माध्यम नेपालको लोकतान्त्रिक इतिहासको जिउँदो साक्षी रहेको चर्चा गर्दै आसन्न निर्वाचनमा पनि मुलुकका जिम्मेवार आमसञ्चार माध्यमबाट स्वस्फूर्त रूपमा साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन कार्यतालिकाअनुसार अब द्रुतगतिमा निर्वाचन कार्यक्रमअघि बढ्ने बताउँदै आसन्न आमनिर्वाचनलाई ऐतिहासिकरूपमा सम्पन्न गर्ने काममा मुलुकका जिम्मेवार सार्वजनिक सञ्चार माध्यमबाट यसअघि जस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  

निर्वाचन आयुक्त सगुन शम्सेर राणाले निर्वाचन आयोगसँग सम्बन्धित संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुअघि पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । 

राससका महाप्रबन्धक सिद्धराज राईले गत स्थानीय तहको निर्वाचनलाई प्राथमिकता दिई समाचार सामग्री प्रयोग गरेको जानकारी दिँदै आसन्न आमनिर्वाचनसम्बन्धी समाचार सम्प्रेषण प्रक्रियालाई प्रभावकारी बनाउन छिट्टै अभिमुखीकरण तालिम आयोजना गर्न लागेको बताउनुभयो । 

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले आमनिर्वाचन सम्पन्न गर्ने अभिभार पूरा गर्न आफ्नो तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले राष्ट्रव्यापी रूपमा पहुँच भएको रेडियो नेपाल समाचार सामग्रीसहित सन्देशमूलक कार्यक्रम प्रसारण गरी प्रचारप्रसारमा सक्दो भूमिका निर्वाह गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । 

विज्ञापन बोर्डका प्रमुख लक्ष्मण हुमागाईंले गत स्थानीय तहको निर्वाचनका क्रममा आचारसंहिता विपरीत भएका गतिविधिबारे जानकारी दिँदै पर्चा, पम्पप्लेट, ब्यानरको तुलनामा केही राजनीतिक दलले सामाजिक सञ्जालको दुरुपयोग गरेको बताए । 

गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराईले निर्वाचनसम्बन्धी सामग्रीलाई गोराखापत्र र दि राइजिङ नेपाल दैनिकसहित अनलाइन पोर्टलबाट समेत व्यापकरूपमा प्रचारप्रसार गरेको जानकारी दिँदै आगामी आमनिर्वाचनसम्बन्धी समाचारलाई पनि प्राथमिकता दिई सम्प्रेषण गर्ने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बारा–४ का उम्मेदवार गुप्ताद्वारा जिल्ला सभापतिसहित सात जनामाथि कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन्। ...

जेनजी आन्दोलनका घाइतेलाई अन्तिम पटक वर्गीकरणको अवसर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक अवसर प्रदान गरेको छ।...

सुनको मुल्य तोलामा ७ हजार ८ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७,८०० रुप...

हावाहुरीको पूर्वानुमानपछि डुडुवाका विद्यालयमा शुक्रबार सार्वजनिक बिदा

नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ। जल तथा मौसम विज्ञ...

प्रादेशिक अस्पतालमा लापरवाही हटाउन रास्वपाको ज्ञापनपत्र

लहान। लहानस्थित रामकुमार शारडा–उमा प्रसाद प्रादेशिक अस्पतालमा भइरहेको लापरवाही र अनियमितता हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले अस्पताल विकास...

खैरेनी–भार्से सडक चैत १९ गतेसम्म बन्द

गुल्मी। गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक खण्डअन्तर्गत खैरेनी बजार क्षेत्र सडक पूर्ण रुपमा बन्द गरिएको छ। बिहीबारदेखि चैत १९ गतेसम्म खैरेनी बज...

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: