काठमाडौं । बिहारका मुख्यमन्त्री नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार उनले दिउँसो २ बजे मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ। भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै उनले मंगलबार पदबाट राजीनामा दिएका थिए।
भारतीय जनता पार्टी (भाजपा) सँग सत्ता गठबन्धन तोडेका जनता दल (युनाइटेड) का नेता नितिश कुमारले बिहारमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका हुन्।
उनले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसहित सात दलहरूसँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका थिए। भारतीय सञ्चारमाध्यम स्क्रोल इनका अनुसार यी सात दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ।
विगत नौ वर्षमा दोस्रो पटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन्। आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन्।
आजै तेजस्वी यादवले पनि उपमुख्यमन्त्रीको रूपमा सपथ लिनेछन्।
राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा हुन्। लालु गाईवस्तुको चारोमा भ्रष्टाचार गरेको आरोपमा सन् २०२२ फेब्रुअरीदेखि पाँच वर्षको जेल सजाय भोगिरहेका छन्। यसअघि पनि उनले सोही काण्डमा तीन वर्षको जेल सजाय भोगिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: