Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

द्रुतमार्ग यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। 

रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तराईलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक आयोजनाको काम छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएको हो ।

“सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै काठमाडौँ–तराई–मधेस द्रुतमार्ग जस्तो राष्ट्रिय गौरवको योजनासमेत नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने गरी अघि बढाइएको छ”, बैठकमा प्रधानमन्त्री देउवाले भने, “देशको दक्षिणी नाका एवं तराईलाई राजधानीसँग छोटो दूरीबाट जोड्ने द्रुतमार्ग निर्माणलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ ।” बैठकमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षमा थप प्रगति हासिल गर्ने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन पनि दिए। 

रक्षा मन्त्रालय मुलुकको प्रतिरक्षा जस्तो संवेदनशील र जिम्मेवारी बोकेको मन्त्रालय भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र एकता जस्ता महत्वपूर्ण विषय यस मन्त्रालयको कार्यक्षेत्र रहेको बताए ।

आज क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप पेचिलो बन्दै गएको सन्दर्भ जोड्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका सुरक्षा चुनौतीका बीच मुलुकको समग्र राष्ट्रिय सुरक्षा नीतिमा कुनै आँच आउन नहुनेमा जोड दिए। 

उनले जनताको जीउधन र स्वतन्त्रतालाई अक्षुण्ण राख्दै सुरक्षा वातारणमा कुनै कमीकमजोरी हुन नदिन तथा मुलुकको विकास एवं आर्थिक गतिविधिलाई निर्वाधरूपमा अघि बढाउन नेपाली सेनालगायत सबै सुरक्षा निकाय सजगताका साथ काम गर्नुपर्ने आवश्यक औँल्याए । 

नेपालको संविधान २०७२ को धारा २६७ अनुसार नेपाली सेनालाई राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण र विपद् व्यवस्थापनलगायतका कार्यमा परिचालन गर्दै आइएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले नेपाली सेनाले पाएको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गर्दै आएको बताए। उनले चालु आवमा हुम्ला सदरमुकाम सिमिकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने गरी अघि बढ्नेमा विश्वस्त रहेको बताए।  

उनले विपद् व्यवस्थापन वा कुनै महामारी तथा कोभिड नियन्त्रण रोकथाम र शव व्यवस्थापनमा सेनाले गरेको योगदान प्रशंसनीय रहेको बताए। प्रधानमन्त्री देउवाले नेपाली सेनाबाट मुलुकको प्राकृतिक संरक्षण, महत्वपूर्ण भौतिक संरचनाको सुरक्षा एवं ऐतिहासिक महत्वका गढी किल्लाको संवद्र्धनमा गरिएको कार्य महत्वपूर्ण रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिई मुलुकको पर्यावरण संरक्षण र किल्लाको संवद्र्धनमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरे। बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमलाई यथाशीघ्र सम्पन्न गरी सकल दर्जालाई कार्यालय भवन र आवास उपलब्ध गराउन प्रधानमन्त्री देउवाले नेपाली सेनालाई निर्देशन पनि दिए। 

उनले नेपाली सेनाले देशभित्र मात्रै नभई देश बाहिरसमेत शान्ति स्थापनामा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति मिसनमा भूमिका बढाउनका लागि सरकारका तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री देउवाले आन्तरिक तथा बाह्य शान्तिसुरक्षा र विपद् व्यवस्थापनमा सेनाले पु¥याउँदै आएको सहयोगलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा सेनालाई थप साधनस्रोत सम्पन्न गराई आधुनिक र व्यावसायिकता सुदृढीकरणमा सरकारले जोड दिने बताए।  

प्रधानमन्त्री देउवाले मुलुक यतिखेर आगामी मङ्सिरमा हुने प्रदेश र सङ्घीय निर्वाचनमा उन्मुख भएको जानकारी गराउँदै सबैसामु निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे। उहाँले निर्वाचनका लागि रक्षामन्त्रालय र नेपाली सेनाले सम्बन्धित निकायसँग उचित समन्वय गरी आवश्यक सबै तयारी पूरा गर्ने विश्वास व्यक्त गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending