Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बालेनको आक्रोश : नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिऔँ

खबरडबली संवाददाता

काठमाडौं । नर्भिक अस्पतालले काठमाडौं महानगरको जग्गा मिचेर बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन्।

आदेशपछि अब नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल हटाउन नपर्ने भएको छ।

यो निर्णय आएपछि मेयर शाहले नक्सा पास नगरी संरचना बनाउने अधिकार बरु संविधान संसोधन गरेरै भएपनि सर्वोच्च अदालतलाई दिए हुन्छ भन्दै कानूनको खिल्ली सर्वोच्चले नै उडाएको प्रति आक्रोश व्यक्त गरेका हुन्।

उनले फेसबुकमार्फत भनेका छन्, 'नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ।'

थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन हिजो मंगलबार काठमाडौं महानगरपालिकाका मेयर शाहले नर्भिक अस्पताल पुगेका थिए।

अस्पतालको आग्रहपछि हिजो नै मेयर शाहले ३५ दिने अल्टिमेटम दिएर संरचना हटाउन सुझाएका थिए। महानगरले अस्पताललाई मंगलबार २४ घण्टाको समय दिएर सार्वजनिक जग्गामा बनेको संरचना हटाउन भनेको थियो। त्यसको विरुद्धमा अस्पतालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

सोही रिटमाथि बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको हो।

सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि अस्पतालको संरचना तत्काल नहटाउन आदेश जारी गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको संख्या बढ्दै

हुम्ला । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ ।  ताक...

काभ्रेको तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ ।  पहिलो च...

सार्वजनिक पदमा बस्नेले आफ्ना सन्तान सरकारी विद्यालयमै पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ ।  जिल्लाक...

मन्त्री पुनको सम्बोधन- जलवायु परिवर्तनले पारेको प्रभावको क्षतिपूर्ति विकसित राष्ट्रले नेपाललाई दिनुपर्छ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन्। ...

सुदूरपश्चिममा नेकपा एसका दीर्घ सोडारीलाई मुख्यमन्त्री बन्न एमालेको अड्को

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्।  गत मंगलबार मुख्यमन्त्रीका ल...

दुबईमा अहिलेसम्मकै भारी वर्षाले बाढीको चपेटा, राजमार्ग अवरुद्ध

काठमाडौं । कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा...

पश्चिम जापानमा शक्तिशाली भूकम्प

काठमाडौं । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । यद्यपि भूकम्पबा...

अंग्रेजीमा नामकरण गरिएका निजी विद्यालयको नाम फेर्ने बालेनको पहल

काठमाडौं । नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्या...

बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम...

कोशीमा अन्योल- राजीनामा नदिने मुख्यमन्त्रीको अडान, मध्यावधिको टर्ला संकट ?

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकप...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies