Khabar Dabali १२ मंसिर २०७९ सोमबार | 28th November, 2022 Mon

सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

Golden Oak
खबरडबली संवाददाता
काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु तीन करोड तिरान्नब्बे लाख ७५ हजार मूल्य बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपीओ०को बिक्री खुला गर्न लागेको हो ।
 
कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् पाँच हजार चार सय ७० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १९ हजार छ सय ९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख ६८ हजार पाँच सय ९० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले यही भदौ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नआए भदौ २९ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । 
 
नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका  बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्गस नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी माइनस इस्युयर’ रेटिङ प्रदान गरेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याउको बिरुवामै भ्रष्टाचार

काठमाडौ । हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । ...

पाँच महिनापछि मेलम्चीको पानी सुरुङमा हालियो , अर्को हप्ता देखि काठमाडौमा वितरण गरिने

काठमाडौ । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुर...

मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता निम्त्याउदैनः उपाध्यक्ष नेम्वाङ

काठमाडौ । नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बत...

थापाथलीको सुकुम्बासी बस्तीमा तनाव : महानगरका १४ जना घाइते

काठमाडौँ । थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडप हुँदा महानगरका प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना ...

थापाथलिको सुकुम्वासी वस्तीमा तनाव: ढुंगा लागेर महानगरका एसपीको फुट्यो टाउको

काठमाडौं । काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी...

मकवानपुरमा साढे ३१ हजार मत बदर

मकवानपुर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ ।  बागमती प्रदेश निर्वाचन कार्या...

थापाथलीको सुकुम्बासीबस्ती तनावग्रस्त, घरेलु हतियारसहित प्रदर्शनमा उत्रिए स्थानीय

काठमाडौं ।काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी ...

उदयपुर १ को मतगणना सुरु गर्न आयोगको निर्देशन

उदयपुर । निर्वाचन आयोगले उदयपुर १ को मतगणना सुरु गर्न निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले अहिले पठाएको पत्रमा मतगणनापूर्...

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनकालागि बोलपत्र आह्वान

काठमाडौ । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चा...

महापुरूषले गर्‍यो १० करोडको व्यापार

काठमाडौ । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो ।  विश...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page