Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

फेरिँदै तीज मनाउने शैली : मौलिकता हरायो, बढ्यो विकृति

नयाँ पहिरनमा सजिएर दर खाने र रमाउनेको जमात बढ्यो

खबरडबली संवाददाता

काठमाडौं । बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैंचा, घरका आँगनमा नाचिने गाउने तीज हिजो आज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दर खान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घर आँगन अहिले सुनसान जस्तै बनेका छन् । 

पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यवसायीलाई दर खुवाउन तीजका बेला भ्याइनभ्याइ छ । नयाँ पहिरनमा सजिएर आमा समूह, महिला समूह तथा विभिन्न समूहमार्फत दर खाने र रमाउनेको जमात बढ्दो छ  । यस परिवेशले शहर बजारमा मात्रै होइन ग्रामीण भेगमा पनि छोइसकेको छ । 

स्थानीयवासी सरस्वती सोमले  विगतका वर्षमा तीजका बेला गाउँमै महिला जम्मा भएर खाने गरेको दर यस पटक भने पार्टी प्यालेसमा समूहमा मनाएको बताइन् । “चर्को घाममा खाना पकाउन झन्झट गर्नु परेन, होटलमा तयारी अवस्थामा रहेका खानेकुरा खाने, समय अनुसार आएको सुख सुबिधा उपभोग गर्नुप¥यो, साथीहरुसँग मज्जाले नाच्न गाउन पाइयो”, उनले भनिन् ।

गाउँका चौतारी, प्रतीक्षालय र आमा तथा महिला समूहका भवनमा दरका परिकार तयार पारेर रमाइलो सँगै एकआपसमा शुभकामना आदानप्रदान गर्दै समूहमा तीज मनाइन्थ्यो । स्थानीयवासी सीता देवकोटाले ठूला शहर बजारमा मात्र होइन साना शहर बजारका होटल, रेष्टुरेण्टमा दर खानेको भीड देखिन्छ । पर्व मनाउने क्रममा पछिल्लो समय अरुको देखावटी प्रवृत्ति बढेको बताइन् । 

उनले भनिन्, “बजारका ठूला र महँगा होटल भरिभराउ भएका छन्, पहिला तीजका गीत गुञ्जिने चौतारी, पौवा, बगैंचा यतिबेला सुनसानमा बनेका छन्, गाउँमा पकाएर खाने अल्छी प्रवृत्ति र अर्काको देखासिकी गर्दा चाडपर्व भड्किलो बन्दै गयो ।” 

पार्टी प्यालेसमा गएर तीजमा महिलाले दुःख र वेदनाका गीतमा नृत्य प्रस्तुत गर्दा ठाउँ र परिवेश अनुसार सुहाउँदो नभएको अहिले धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । विशेषगरी गायिका विष्णु माझीको चरी जेलैमा बोलको गीतले निकै चर्चा पाएको छ । 

सामाजिक सञ्जालमा होटल तथा रेष्टुरेण्टमा महँगा लत्ताकपडा, गरगहनामा सजिएर दर खाँदै महिलाहरुले ‘जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुदै रुदै बेसी मेलैमा’ बोलको गीतमा नृत्य गर्दा गीतको मर्म अनुसार उचित नभएको धेरैको टिप्पणी छ । गाउँकै चौतारी, बगैँचाको शीतल छाहारीमा महिला जम्मा भएर पकाउने, खाने, गाउने नाच्ने गर्दा छुट्टै आनन्द आउने गरेको अर्का स्थानीयवासी कुन्तादेवी गैरेले बताइन्।

 “समूहमा साथीहरु मिलेर पकाउने, खाने गर्दा माइती जान नपाए पनि मन भुलाउँछ, एकआपसमा आफ्ना दुःख सुख साथीलाई सुनाउन पाइयो, आजकाल त होटलमा गएर खाने नाच्ने चलन बढ्यो, यो प्रवृत्तिले विकृति ल्यायो समाजमा ।” उनले भनिन्।

दुइ वर्ष कोभिड १९ को प्रभावले घरभित्रै मनाइएको तीज यसवर्ष कोरोनाको सहज परिस्थिति बनेपछि भने तीजको चहलपहल बढेको नमस्ते पाल्पा होटल तथा रेष्टुरेण्टका सञ्चालक कमल पाण्डेय बताउछन्।

“समूहमा एकै थरीका पोसाकमा पुराना गीत आफैले गाएर नाच्ने गर्नुहुन्छ, केही आफ्नो इच्छाअनुसार युट्युव, मेमोरी कार्डमा नाचेर तीज मनाउनुभएको छ, पार्टी प्यालेस भएपनि महिला सामान्य तरिकाले गाउँघरमा जसरी मनाउनुहुन्थ्यो यसरी नै दर खाने र साथीहरुसँग शुभकामना आदानप्रदान गर्नुहुन्छ, हामीले पनि न्युनतम शुल्क लिएर सेवा दिइरहेका छौँ ।” उनले भने ।

शनिवार र विदाका दिन २५० जनासम्म र अन्य दिन कम मात्रामा आउने गरेको उनको भनाइ छ । न्यूनतम रु ६०० देखि बढीमा एक हजार शुल्क कायम गरिएको जनाइएको छ ।  विभिन्न काम तथा  पेशा व्यावसायमा आबद्ध रहेका महिलालाई सामूहिक रुपमा दर खाने कार्यक्रममा सहभागी हुने अवसर मिल्दैन । कार्यालय समय सकिएपछि, दिनभर व्यापार गरेर साँझपख होटलमा साथी, दिदीबहिनी, आफन्त जम्मा भएर नाच्ने गाउने एउटा अवसर मिलेको सागर श्रेष्ठ बताए । 

होटल तथा रेष्टुरेण्टमा दर खान जाँदैमा विकृति नै हो भनेर भन्न नमिल्ने र कामको व्यस्तताले गर्दा समय अनुसार चलनचल्तीमा आएका सुख सुबिधा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE