Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

मिखाइल गोर्बाचोफ जसले गरेका थिए शीतयुद्धको अन्त्य

सोभियत संघको पतनबारे रुसको त्यो पश्चात्ताप

खबरडबली संवाददाता

काठमाडौं । मिखाइल गोर्बाचोफ २०औँ शताब्दीका सबैभन्दा प्रभावशाली राजनीतिक नेताहरूमध्ये एक थिए।

एशिया र पूर्वी युरोपको ठूलो क्षेत्रमा ७० वर्षदेखि प्रभुत्व जमाएको सोभियत सङ्घ विघटनमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

सन् १९८५ मा उनले अघि सारेको सुधारको मुख्य उद्देश्य देशको मन्द अर्थतन्त्रमा सुधार ल्याउने र राजनीतिमा व्यापक परिवर्तन ल्याउने थियो।

उनको प्रयास अन्ततः सोभियत सङ्घमा मात्रै नभएर त्यसका साझेदार राष्ट्रहरूमा पनि कम्युनिस्ट शासन अन्त्य गर्ने उत्प्रेरक बनिदियो।

मिखाइल सार्जेविच गोर्बाचोफ सन् १९३१ मार्च २ मा दक्षिणी रुसको स्टाभरोपोलमा जन्मिएका थिए।

उनका आमाबुबा दुवै जना सामूहिक खेतीमा काम गर्थे र किशोरावस्थामा गोर्बाचोफले पनि सामूहिक खेतीका लागि काम गरे।

सन् १९५५ मा मस्को स्टेट युनिभर्सिटीबाट दीक्षित भएसँगै उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

पढाइसँगै श्रीमती पनि लिएर आफ्नो गाउँ फर्किएपछि पार्टीको क्षेत्रीय सङ्गठनमार्फत उनको राजनीतिक उदय तीव्र गतिमा भयो।

पार्टीको शीर्ष नेतृत्वमा रहेका बुढापाका नेताहरू हटाएर नयाँ पुस्तालाई त्यहाँ पुर्‍याउन उनले अभियान नै सञ्चालन गरे।

सन् १९६१ मा उनी योङ् कम्युनिस्ट लीगको क्षेत्रीय सचिव र पार्टीको महासभा प्रतिनिधि भइसकेका थिए।

उनलाई दिइएको कृषि प्रशासकको भूमिकाले नयाँनयाँ प्रवर्तनहरू लागु गर्न उनलाई अवसर दियो सँगसँगै यसले आफ्नो क्षेत्रमा प्रभाव बढाउन पनि सहयोग गर्‍यो।

राहतको श्वास

सन् १९७८ मा केन्द्रीय समितिको कृषि सचिवालय सदस्यको हैसियतमा मस्को गएका गोर्बाचोफ त्यसको दुई वर्षमै पोलिटब्यूरो सदस्य बने।

युरी एण्ड्रोपोफको कार्यकालमा उनले विदेश भ्रमणका धेरै अवसरहरू पनि पाए।

गोर्बाचोफ

सन् १९८४ मा लन्डन भ्रमणका क्रममा उनले ब्रिटिश प्रधानमन्त्री मार्गरेट थ्याचरसामु राम्रो छवि बनाएका थिए।

बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री थ्याचरले आफू सोभियत सङ्घसँग भविष्यमा राम्रो सम्बन्ध हुनेमा आशावादी रहेको बताएकी थिइन्।

"मलाई गोर्बाचोफ मन पर्‍यो," उनले भनेकी थिइन्। "भविष्यमा हामी व्यवसायमा सहकार्य गर्न सकिन्छ।"

सन् १९८४ मा एण्ड्रोपोफ निधन भएपछि गोर्बाचोफले सत्ताको नेतृत्व लिने अपेक्षा गरिएको थियो।

तर उनको सट्टा बिरामी अवस्थामा रहेका कन्सटेन्टिन चेरेन्कोलाई पार्टी महासचिव बनाइयो।

तर त्यसको एक वर्षभित्रै उनको पनि निधन भएपछि पार्टीको नेतृत्वमा पोलिटब्यूरोका सबैभन्दा कान्छा सदस्य गोर्बाचोफ आए।

उनी सन् १९१७ को रुसी क्रान्तिपछि जन्मिएका व्यक्तिबाट महासचिव बन्ने उनी पहिलो थिए र उनलाई राहतको श्वासको रूपमा हेरिएको थियो।

गोर्बाचोफको आकर्षक पहिरन र खुला तथा प्रस्ट शैली उनी अघिका कुनै पनि नेताहरूको तुलनामा नौलो थियो।

उनकी श्रीमती राइसा महासचिवकी श्रीमतीभन्दा बढी अमेरिकी राष्ट्रपतिकी पत्नी जस्तै देखिन्थिन्।

खुला बजार

उनको पहिलो जिम्मेवारी धराशायी अवस्थामा रहेको सोभियत अर्थतन्त्रलाई माथि उकास्नु थियो।

आफ्नो आर्थिक पुनरुत्थानको योजना सफल बनाउन कम्युनिस्ट पार्टीमा पनि आमूल परिवर्तन जरुरी रहेको उनको बुझाइ थियो।

गोर्बाचोफले समाधानका लागि अघि सारेका दुई वटा रुसी शब्दहरू आमप्रयोगमा आएका थिए।

उनले पुनर्संरचना र खुलापन अर्थ लाग्ने दुई वटा शब्दलाई आमप्रचलनमा ल्याइदिए।

रोनण्ड रेगनसँग गोर्बाचोफ

लेनिनगार्डमा भएको एउटा बैठकमा उनले कम्युनिस्ट नेताहरूलाई "देशको अर्थतन्त्रका अगाडि हाँसेर बसेको" आरोप लगाए।

यद्यपि उनले अर्थतन्त्रमा राज्यको नियन्त्रणलाई खुला बजारले प्रतिस्थापन गर्न भने चाहेका थिएनन्।

जुन कुरा उनले पार्टीका प्रतिनिधिहरूसँग सन् १९८५ मा प्रस्ट पारेका थिए।

उनले समाजवादमा आफ्नो जोड दिँदै आएका थिए।

अवरुद्ध प्रणाली चालु गर्न उनले प्रजातन्त्रमा पनि जोड दिए। उनकै कार्यकालमा सोभियत सङ्घको सबैभन्दा माथिल्लो शासकीय निकायका लागि निर्वाचन भयो।

कठिन परीक्षा

नियन्त्रित शासन व्यवस्थामा खुलापन लागु गरेसँगै सोभियत सङ्घमा विद्रोहको विस्फोट भयो। काजकिस्तानमा सन् १९८६ मा दङ्गा फैलियो।

गोर्बाचोफले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग छलफल गरेर शीतयुद्धको अन्त्य गर्न चाहेका थिए।

यससँगै उनले आणविक शक्तिसम्बन्धी सन्धिका आधारमा सबै यस्ता हतियारहरू नष्ट गर्न चाहेका थिए।

यसका लागि उनले एकतर्फी रूपमा सोभियनकालीन फौजमा कटौतीको घोषणा र रक्तपातमार्फत अफगानिस्तान कब्जाका लागि सुरु गरिएको युद्ध अन्त्य गरे।

तर उनको सबैभन्दा कठिन परीक्षा जबरजस्ती सोभियत सङ्घमा गाभिएका देशहरूबाटै सुरु भयो।

खुलापन र प्रजातन्त्रसँगै ती देशहरूले स्वतन्त्रताको माग अघि सारे। जसलाई दबाउन बल प्रयोग गर्न गोर्बाचोफ बाध्य भए।

सोभियत सङ्घको पतन उत्तरमा रहेका बल्टिक गणतन्त्रका देशहरूबाट भयो। लाट्भिया, लिथुआनिया र इस्टोनिया मस्कोबाट अलग भए। उनीहरूले सुरु गरेको बेगले अरू सहयोगीहरूलाई पनि असर गर्‍यो।

कू विरुद्ध प्रदर्शन

आमप्रदर्शन उत्कर्षमा पुग्दै गर्दा सन् १९८९ नोभेम्बर ९ मा पूर्वी जर्मनीका नागरिकहरूलाई सोभियत सङ्घको कट्टर विरोधी पश्चिम बर्लिनमा स्वतन्त्र रूपमा वारपार गर्न दिइयो।

यस्तो घटना त्यसअघि भएको भए गोर्बाचोफले ट्याङ्क पठाउन सक्थे। तर उनले ट्याङ्क नपठाउन आदेश दिए र जर्मनीको एकीकरण उनीहरूको आन्तरिक मामिला भएको घोषणा गरे।

पूर्वी र पश्चिमा देशहरूबीचको सम्बन्धमा आमूल परिवर्तन ल्याउन उनले खेलेको भूमिकाका लागि सन् १९९० मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो।

तर उनको शासनबाट रुष्ट बनेका मस्कोका कम्युनिस्टहरूले सन् १९९१ मा कू गरे र ब्ल्याक सीमा बिदा मनाउन गएका गोर्बाचोफलाई पक्राउ गरियो।

मस्कोका नेता बोरिस येल्तसिनले सत्ता हातमा लिएपछि प्रदर्शनकारीहरूलाई पक्राउ गरियो र गोर्बाचोफबाट सबै राजनीतिक शक्ति खोसियो।

गोर्बाचोफबाट सत्ता खोसिएको छ महिनापछि त्यहाँको कम्युनिस्ट पार्टीले कानुनी हैसियत गुमायो र रुसको भविष्य अनिश्चित बन्यो।

त्यसपछिका वर्षहरू

गोर्बाचोफले रुसको आन्तरिक र अन्तर्राष्ट्रिय मामला दुवैमा प्रस्ट भूमिका खेले पनि उनको छवि स्वदेशभन्दा विदेशमा उच्च छ।

सन् १९९६ मा रुसी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका गोर्बाचोफले पाँच प्रतिशतभन्दा कम मत पाए।

सन् १९९० को दशकमा उनी अन्तर्राष्ट्रिय मामलामा अध्यापन अभियानमा सहभागी भए र यसै क्रममा विश्व नेताहरूसँग सम्बन्ध विस्तार गरे।

त्यस क्रममा उनी गैररुसीहरूमाझ लोकप्रिय नायक मात्र भएनन् धेरै अन्तर्राष्ट्रिय उपाधि र सम्मानहरू पनि पाए।

सन् १९९९ मा उनको राजनीतिक अभियानमा दर्बिलो साथ दिएकी श्रीमती राइसाको रक्त क्यान्सरका कारण निधन भएपछि उनलाई ठूलो धक्का पर्‍यो।

गोर्बाचोफ र राइसा

पुटिनका आलोचक

गोर्बाचोफ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक थिए। उनले पुटिनमाथि दमनकारी शासकको आरोप समेत लगाए।

"राजनीति नक्कली प्रजातन्त्रमा रूपान्तरित हुँदै छ," गोर्बाचोफले भनेका थिए। "कार्यकारी निकायले सबै शक्ति हातमा लिएर बसेको छ।"

यद्यपि गोर्बाचोफले क्राइमिया रुसमा गाभ्नका लागि सन् २०१४ मा गरिएको जनमत सङ्ग्रहको समर्थन गरे।

गत वर्ष गोर्बाचोफको ९० औँ जन्मोत्सवमा पुटिनले उनको प्रशंसा गर्दै उनलाई आफ्नो देश र विश्वमा प्रभाव पार्न सक्ने "आधुनिक समयका राजनेता" भनेका थिए।

तर रुसमा सोभियत सङ्घको पतनबारे अझैसम्म पनि पश्चात्ताप गर्ने गरिएको छ।

जसका लागि धेरै रुसीहरूले गोर्बाचोफलाई जिम्मेवार ठानेका छन्।

तर सोभियत सङ्घ र त्यस बाहिर पनि दशौँ लाख मानिसहरूले नचाहेको केन्द्रीकृत कम्युनिस्ट प्रणाली नभत्काई आफूले चाहेको परिवर्तन असम्भव छ भन्ने तथ्य चाहिँ गोर्बाचोफले पनि बुझेका थिएनन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE