Ntc summer Offer
Khabar Dabali १ असार २०८१ शुक्रबार | 14th June, 2024 Fri
NIMB

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

खबरडबली संवाददाता

काठमाडौँ । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

याचिकामा मदिरा नीति मुद्दामा पक्राउ परेपछि अरविन्द केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनु पर्ने माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका थिए ।

न्यायमूर्ति सञ्जीव खन्ना र न्यायमूर्ति दिपङ्कर दत्तले यस मामिलामा दिल्ली उच्च न्यायालयको निर्णयमा अदालतले हस्तक्षेप गर्न नसक्ने बताए । डिभिजन बेन्चले यस विषयमा कानुनी अधिकार नभएको बताएको थियो ।

सर्वोच्च अदालतले दिल्लीका लेफ्टिनेन्ट गभर्नरले चाहेमा यस मामिलामा हस्तक्षेप गर्न सक्छन् तर अदालतले यस मामिलामा हस्तक्षेप नगर्ने बताएको छ । प्रवर्तन निदेशालय अर्थात ईडीले अरविन्द केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो ।

हाल निर्वाचनलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले उनलाई अन्तरिम जमानत दिएको छ । तर केजरीवाललाई जुन २ मा फेरि जेल जानुपर्नेछ । पक्राउ परेपछि अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला पूर्वाधार निर्माणले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ- प्रधानमन्त्री

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्व...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक: प्रदेश स्वास्थ्य नीति स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ ।  आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले  बागमती प्रदेशको दोस्रो आवधिक योजना(आर्थ...

फिस्लिङ दुर्घटना अपडेट : उपचारका क्रममा चालकको मृत्यु

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।  द...

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा विजयी

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछाले ३८४ प्राप्त गर्दै विजयी भए भने उनका प्रतिष्पर्धी हीरा एसीले २०२ मत ...

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजन...

युरोकप आज रातिदेखि, यी स्टार खेलाडीले युरोकप गुमाउने

काठमाडौँ । युरोकपको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म हुदै छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले ...

राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै

काठमाडौँ । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको ...

संसदमा उठेका विषयप्रति सभामुखको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा शुन्य समय, विशेष समयमा सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको बैठकमा सभामुख ...

रातो मच्छिन्द्रनाथ रथयात्रा मध्य साउन गरिने

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको...

कांग्रेसको प्रश्न- सरकारले संसद्को गरिमा गिरायो, प्रधानमन्त्री संसदमा आउन डराएको हो ?

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश भ्रमण बारे संसदलाई जानकारी गराउन माग गरेको छ । आजको प्रतिनिधि सभाको बैठकम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies