Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग

खबरडबली संवाददाता

काठमाडौं । उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुलाई एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ ।

नेपाल सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा आज पत्रकार सम्मेलन गरेर राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वर्षांैदेखि कार्यरत शिक्षकलाई विभेद र पक्षपातपूर्ण व्यवहार गरेको युनियनले गुनासो गरेको छ। 

सङ्घीय शिक्षा ऐन आएपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक तहका रूपमा कानूनी मान्यता हुने भएकाले युनियन त्रसित भएको छ । युनियका अध्यक्ष दीपकराज सुवेदीले आफूहरुको रोजगारीको सुरक्षा र सुनिश्चितताका लागि कुनै पहल नभए त्यस अवस्थामा कडा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए। 

उनले उक्त तहमा पढाउने शिक्षकलाई माध्यमिक द्वितीय तहका हुनेगरी एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने, प्रतिस्पर्धामा भाग लिएर असफल हुने वा भाग नलिनेका लागि सेवाबाट हटाउन नहुने तथा उचित निवृत्तिभरण हुनुपर्ने माग गरे। 

हाल उक्त तहमा तीन हजार पाँच सय विद्यालय, सात लाख विद्यार्थी र करिब १४ हजार शिक्षक रहेका छन् । युनियनका पूर्वअध्यक्ष पुष्प न्यौपानेले यसअघि अर्थमन्त्री, शिक्षामन्त्री र सम्बद्ध निकायलाई ध्यानाकर्षण दिइसकेको जानकारी दिए। 

उनले अब सांसदहरुलाई ध्यानाकर्षण गराउने जनाउँदै दोस्रो चरणमा यही भदौ २६ गतेदेखि ३० गतेसम्म विरोधका प्रचारात्मक कार्यक्रम गर्ने जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending